Header Ads

आयोजना प्रस्तावना पत्र कसरी लेख्ने? (How to prepare a project Proposal?)


Project Title: आयोजनाको नामः • उद्देश्य अनुरुप छोटो र सुहाउँदो नाम राख्ने Project Leader, Address and contact number आयोजनाको मुख्य व्यक्ति, ठेगाना, फोन नम्बरः • आयोजनाको उद्देश्य र कार्यक्रम अनुरुप योग्यता भएको व्यक्तिलाई आयोजनाको प्रमुख बनाउनु पर्छ र सम्पर्क ठेगाना फोन, इमेल साथ उल्लेख गर्नुपर्छ । Implementing organization आयोजना कार्यान्वयन गर्ने संस्था • आयोजनाको प्रस्ताव पेश गर्ने संस्थाको छोटो चिनारी, पृष्टभुमी, स्थापना, उद्देश्य र विगतमा भए गरेका कार्यक्रमहरू, आयव्यय तथा लेखा परीक्षणको रिपोर्ट आदि उल्लेख गर्नुपर्छ । यदि अरू सहयोगी संस्था छन् भने तिनीहरूको नाम, योगदानको विवरण दिनुपर्छ । Project Background and Justification: आयोजनाको पृष्टभुमी तथा औचित्य • प्रस्तावना पत्रमा पेश गरेको आयोजना सम्बन्धी जानकारी, सो को महत्व, विगतमा अन्य निकायले भए गरेका कामको विवण । हाल प्रस्ताव गरेको आयोजनको महत्व, यसको कार्यान्वयनबाट हुने लाभ, उपलब्धि, आयोजनको आवश्यकता आदि उल्लेख गर्नुपर्छ । Project Objectives: आयोजनाको उद्देश्य • आयोजनाको लक्ष के हो, यसले के के उद्देश्य लिएका छन् सो को बुदाँगत रूपमा उल्लेख गर्नुपर्छ ।
Project Outputs: आयोजनाको प्रतिफल • आयोजना पुरा भए पछि यसबाट के के प्रतिफल के कति मात्रामा प्राप्त हुन्छ ः सो को बुदाँगत रूपमा उल्लेख गर्नुपर्छ ।

Proposed Programs: आयोजनाका कार्यक्रम • आयोजनामा प्रस्ताव गरिएका लक्ष र प्रतिफल पुरा गर्न के के कार्यक्रमहरू सञ्चालन गर्ने, कसरी गर्ने, कति गर्ने कुन समयमा गर्ने आदि विस्तृत रूपमा उल्लेख गर्नुपर्छ ।
Methodology: कार्यान्वयन तरिका • आयोजनामा प्रस्ताव गरिएका कार्यक्रमको कार्यान्वयन कसरी गर्ने, के रणनीति अपनाउने? कुन समयमा गर्ने? कहाँ गर्ने? कसले गर्ने? के के स्रोत साधन चाहिन्छ? आदि विस्तृत रूपमा उल्लेख गर्नुपर्छ । सञ्चालित कार्यक्रमको मूल्याङ्कन के कसरी गर्ने? प्राप्त उपलधिलाई कसरी अन्य क्षेत्रमा विस्तार गर्ने आदिको विवरण उल्लेख गर्नुपर्छ ।

Project Area: आयोजनाको कार्यक्षेत्र • आयोजना कुन क्षेत्र, जिल्ला गाउँ, टोलमा कार्यान्वयन गर्ने सो को विवरण विस्तृत रूपमा उल्लेख गर्नुपर्छ ।

Project Period: आयोजनाको अवधि • आयोजनाको कार्यान्वयन के कति वर्षका लागि कहिले देखि कुन अवधिसम्म गर्ने सो को ववरण विस्तृत रूपमा उल्लेख गर्नुपर्छ ।
Beneficiaries: आयोजनाबाट लाभान्वित परिवार • आयोजना बाट के कति परिवार प्रत्यक्ष तथा के कति परिवार, सामाजिक वर्ग लाभान्वित हुन्छन सो को विवरण विस्तृत रूपमा उल्लेख गर्नुपर्छ ।

Sustainability of the Project: आयोजनाको दिगोपन • आयोजनाको अवधि सकिए पछि आयोजना के कसरी दीगो रहिरहन्छ सो को विवरण विस्तृत रूपमा उल्लेख गर्नुपर्छ ।
Project Logical Frameworks: आयोजना कार्यान्वयनको सोंच तालिका • आयोजनाको सम्पूर्ण विवरण एउटै तालिका बाट देखिने गरी एक सोंच तालिका वा तर्कयुक्त ढाँचामा प्रस्तुत गर्नु पर्छ ।

Financial Summary : आयोजनाको वित्तिय साराशं • आयोजना सञ्चालनमा के कति खर्च लाग्छ? के कस्तो जनशक्ति चाहिन्छ? जनशक्तिमा कति खर्च? चाहिने सामाग्री, मेसिन औजार, बीउबिजन आदिमा लाग्ने खर्च? प्रशाशन, लेखा, यातायात, भाडा आदिमा लाग्ने खर्च÷रकमको विस्तृत विवरण प्रस्तुत गर्नु पर्छ ।
Other relevant information: अन्य आवश्यक जानकारी:  • आयोजनाको वातावरणीय प्रभाव, संभावित समस्या आदिको विवरण प्रस्तुत गर्नु पर्छ ।

2 comments:

all right reserve deepin. Powered by Blogger.