गजल
जब मुस्कुरायाे अँध्यारि त्यो रात ।
उसको छाति माथि डुल्न थाले हात ।
समय बितेको नि खै कुनै पत्तो भएन
गर्न थालि उसले जब जवानि बात ।
यसैगरी सारा जुनि सँगसँगै काट्ने भन्दै
खाइ कसम टाउकोमा राख्दै उसले हात।
छचल्किए जब हाम्रो जवानिका उन्मातहरु
मिले कुरा चढ्न थाले जवानिका मात ।
जब सुर्य उदाए बिहानिकाे किरण बाेकि
फेरि कसम खानु पर्याे दिन्न भन्दै घात ।
No comments