Header Ads

पदयाेग

योग हुने शब्दलाई एउटै डिकोमा लेखिन्छ । निम्न अवस्थामा पदयोग लेखिन्छ ।
१.विभक्ति र वचनबोधक प्रत्यय पदयोग गरी लेख्‍ने जस्तै:
रामले, रामलाई, रामको, घरमा, रुखबाट, सडकदेखि, काठहरू, भाइहरू, बहिनीहरू आदि ।
२.नामयोगीलाई पदयोग गरी लेख्‍ने, जस्तै:
रामसँग, रामसित, घरसम्म आदि । (नामयोगीहरू: पछि, अघि, पूर्व, मुनि, माथि,वारि, बिच, भित्र, बाहिर, तर्फ, तिर, सामु, भन्दा, सम्म, पट्टि, तक, सँग, सित, बाहेक, समेत, समक्ष, मार्फत, पर्यन्त, उपर, लगायत, बमोजिम, सम्मत, अनुसार, मुताबिक, अन्तर्गत, अनुरूप, अनुकूल, प्रतिकूल आदि । )
३. कुनै दुई शब्दका बिच समास भएर बनेका दुई दुई लिपि चिह्नकमा लेखिने शब्दहरूलाई पदयोग गरी लेख्‍ने, जस्तै:
दालभात, धनमाल, घरबारी, खानाखर्च, आमाबाबु, खेलकुद, गृहत्याग, जन्मजात, रोगमुक्त, घरधनी, भान्साघर, अर्थमन्त्री आदि ।
४. आधार तत्वसँग समस्त हुँदा बद्ध प्रकृतिका अथवा प्रत्ययवत् भई आएका शब्दको अंश पदयोग गरी लेख्‍ने, जस्तै:
नाटककार, इतिहासकार, श्रममूलक, आत्मपरक, बलपूर्वक, केन्द्रीकरण, नामकरण, हानिकारक, वस्तुगत, विकासशील, समयबद्ध, कार्यरत, सन्तोषजनक, उत्तरदायी, विस्मयकारी, प्रश्‍नवाची, शीर्षस्थ, शिक्षाप्रद, जबाफदेही आदि ।
५. रूपमा/ रूपले भन्ने अभिप्रायमा क्रियायोगीको कार्य जनाउन पदान्तमा देखिने स्वरूप शब्द अगिल्लो नामिक अंशसँग जोडेर लेख्‍ने, जस्तै:
फलस्वरूप, परिणामस्वरूप, प्रमाणस्वरूप, उपहारस्वरूप आदि ।
६. परिवर्तित वा आंशिक परिवर्तित भएर बनेका अकरण जनाउने वा नजनाउने द्वित्व शब्द पदयोग गरी लेख्‍ने, जस्तै:
सुलसुल, फुरफुर, चटचट, फनफन, तनतन, कुरुङकुरुङ,तिरमिर, लटरपटर, तडकभडक, आलोपालो, आनीबानी, ओल्टोकोल्टो, गरगहना, भातसात, बल्लतल्ल, जोडजाड, असिनापसिना, ससानो, आआफ्नो, ठुलठुलो, रिसारिस आदि ।
८. सन्धि हुँदा विकार भएर बनेका समस्त शब्द वा संयुक्त क्रियासमेत पदयोग गरी लेख्‍ने, जस्तै:
मन्त्रालय, विद्‍यालय, सूर्योदय, जन्मोत्सव, दिव्योपदेश, सान्दिदी, मनोव्यथा, अत्यावश्यक, निजात्मक, नियमानुसार, कपडछान, घोडचढी, रतन्धो, भन्दिनु, भन्ठान्नु आदि ।
९. संयुक्ति क्रियामा आउने निम्न लिखित कृदन्त अंशलाई पदयोग गरी लेख्‍ने, जस्तै:
जानुपर्छ, गर्नुपर्छ, आउनुपर्छ, जानुपर्यो, गर्नुपरेको छ ।
जानुहोस्, आउनुहोस् ।
खानुहुन्छ, आउनुहुन्छ ।
पढिहाल्छ, गइसक्छ, लेखिदिन्छ, दिइसकिहाल्यो हेरिरहन्छ आदि ।
१०. नाम र थरका बिचमा आउने मध्यवर्ती नामलाई एकै डिकोमा जोडेर लेख्नेद, जस्तै:
रामबहादुर थापा, खगेन्द्रप्रसाद भट्टराई, परशुनारायण चौधरी, सुरेशराज मैनाली आदी ।

साभार:- abui.com

No comments

all right reserve deepin. Powered by Blogger.