Header Ads

हलन्तकाे प्रयोग

स्वरलाई अच् र व्यञ्जनलाई हल् भनिन्छ । अच् अन्तमा आए अजन्त ( अच्+अन्त) र व्यञ्जन अन्तमा आए हलन्त (हल्+अन्त) हुन्छ । लेख्य भाषामा हलन्त उच्चारण हुने ठाउँमा (्) चिह्न प्रयोग गर्नुपर्छ ।
केही शब्द( नाम, सर्बनाम, विशेषण र अनुकरणात्मक शब्दमा) हल् उच्चारण हुने ठाउँमा पनि अच् नै लेखिन्छ । जस्तै:
नाम:-राम, घर, दालभात, सागपात, बलबहादुर, पद आदि ।
सर्वनाम:- यस, त्यस, कुन, यिन, कस, उस आदि ।
विशेषण:‍- गोल, लाल, इमान, विशाल, तरल आदि ।
अनुकरणात्मक शब्द:- गडबड, छमछम, रिमझिम, रमरम आदि
उच्चाण हल् र लेख्नुपर्ने पनि हल शब्दहरूः-
क्रिया/क्रियापद:- गर्, बस्, भन्, गईस्, गइन्, भनिन्, खान्छन्, गरिनन् आदि ।
केही अव्यय शब्दहरू:-इस्, उस्, उफ्, झन्, धत्, हट्, स्याबास् आदि ।
केही तत्सम शब्दमा हलन्त दिनैपर्छ ।
जस्तै:-मान् वान् प्रत्यय लागेका शब्दमा-श्रीमान्, बुद्धिमान्, आयुष्मान्, विद्वान्, भगवान् , बलवान्, धनवान् ।
केही शब्दहरू:-अर्थात, अकस्मात्, अनुष्टुप्, आपत्, एवम्, कदाचित्, जगर्, दण्डवत्, बृहत्, परिषद्, भविष्यत्, महान्, विद्युत्, शाश्वत् संम्राट्, संवत् संसद्, सभासद्, स्वयम् स्वागतम्, हठात् ।
from:- abui.com

No comments

all right reserve deepin. Powered by Blogger.