Header Ads

संस्थाकाे बिधानकाे नमुना

जन-जागृति युवा समाजको बिधान
जन–जागृति यूवा समाज कुवेतको विधान २००९
प्रस्तावना ः

समस्त कुवेतबासी नेपालीहरुमा सेवा मुलक सन्देशका साथ प्रवासी जीवनमा देखा परेका समस्यहरुलाई मध्य नजर गर्दै आगामी दिनहरुमा सम्पूण कुवेतबासी नेपालीहरुको ध्यान आकर्षण गरी सहि मार्गदशन को वातवरण सिर्जना गर्न र नेपाली युवा जमातलाई समाजिक कार्यमा कृयासिल गराउन जन जागृती युवा समाज को स्थापना गरिएको छ ।
परिच्छेद १
प्रारम्भिक
१. संस्थाको नाम र प्रारम्भ ः
क) यस संस्थाको नाम जन—जागृति यूवा समाज कुवेत रहनेछ । अंग्रेजीमा व्बलब(व्बनचष्तष् थ्यगतज क्यअष्भतथ प्गधबष्त रहनेछ । छोटकरीमा नेपालीमा जेजेयूएस कुवेत र अंग्रेजीमा व्व्थ्क् प्गधबष्त रहनेछ ।
ख) संस्थाको कार्यालय रहने ठेगाना– यस संस्थाको कार्यालय पोष्ट बक्स नम्बर २०५१, सालमिया – २२०२१, कुवेत (एयकत द्ययह स् द्दण्छज्ञ, क्बmिष्थब – द्दद्दण्द्दज्ञ, प्गधबष्त) मा रहनेछ ।
ग) संस्थाको अस्तित्व ः
यो संस्था एक अविछिन्न उत्तराधिकार वाला, संगठित स्वशासित गैर–नाफामलक, गैर–राजनीतिक तथा गैर–सरकारी सामाजिक संस्था हुनेछ । संस्थाबाट आफ्नो उद्देश्य वाहेक आय आर्जन गर्ने तथा कुनै प्रकारको शुल्क लिई वा नलिई परामर्श प्रदान गर्ने कार्य गरिने छैन ।

२. परिभाषा ः
बिषय वा प्रसंगको अर्को अर्थ नलागेमा यस विधानमा ः
क) “ऐन” भन्नाले नेपपालले जारीगरेको लाई जनाउ‘छ ।
ख) “नियम” भन्नाले सधारण र बिशेस सभाले जारी गरेको लाई जनाउ‘छ ।
ग) “संचालक समिति” भन्नाले संस्थाको कार्यकारिणी समिति लाई जनाउ‘छ ।
घ) “सदस्य” भन्नाले संस्थाका साधारण सभाको विभिन्न किसिमका सदस्यहरुलाई जनाउ‘छ ।

३. संस्थाको छाप र चिन्ह ः
प्रचलित व्यवस्थाको प्रतिकुल नहुने गरी संस्थाको एउटा छुट्टै छाप र चिन्ह हुनेछ । छाप र चिन्ह अनुसुची १ बमोजिमको ढाचामा हुनेछ । तर संस्थाको नाम छाप र चिन्ह पूर्व दर्ता भएको कुनै संस्था संग मेल खाएमा संशोधनको प्रकियाद्घारा तुरुन्त संशोधन गर्न सकिनेछ ।

परिच्छेद २
उद्देश्य
४ संस्थाको उद्देश्य ः
यो संस्थाको उद्देश्य देहाय बमोजिम हुनेछ ः
क) मातृभूमि नेपालको परम्परा, भाषा संस्कृति, भेषभूषालाई शिरोपर गदै नेपालीको स्वाभिमान र ईमान्दारिताका सिर्जनासिल हातहरुलाई साहसिलो बनाई राख्न अहम भूमिको सिर्जना गर्ने ।
ख) हिमाल, पहाड, तराई को संगममा सामुहिक जनचेतनाको विकास गर्ने ।
ग) बैदेशिक रोजगारमा आईपर्ने समस्यलाई पैचान गरी नेपाली र कुवेतबासी नेपालीमा जन चेतना जागृत गराउने ।
घ) सेमिनार च्याटेरी सो को मध्यद्घारा आपसी एकता, भातृत्व, सामाजिकरण र लोकतान्त्रीक आचरणको अभिवृद्वि गर्ने ।
ङ) सर्व साधारणलाई बैदेशिक रोजगारमा रहदा आउन सक्ने समस्य र यसबाट बच्न सक्ने उपायको बोध गराई सामाजिक काम प्रति अभिरुची जागृत गराउने ।
च) कुवेतमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई गोलबन्द गरी समाजिक कार्यमा प्रति अभिप्रित गर्ने ।
छ) विकराल बन्दै गएको कुवेत भित्रको नेपाली ईलिगल समस्य बढ्न नदिन कुवेत भित्र चेतना मुलक सेमिनार र प्रचार प्रसार गर्ने ।
ज) सामाजिक कार्यमा नेपाल र कुवेतका संघ संस्था स‘ग सहकार्यका साथ आफ्नो संस्थालाई दिर्गकालीन सम्मनिरन्तरता दिर्ने ।
झ) सके सम्म नेपाल सरकार र नेपाली रातदुताबास कुवेतलाई सहयोग गदै जाने ।
ञ) विभिन्न संघ संस्थाबाट हुने सेमिनार प्रतियोगितामा सहभागिता जनाउने ।
ट) संस्था आत्मनिभर गराउन आर्थिक सहयोग तथा अन्य सहयोगको बन्दाबस्त गर्ने गराउने ।

५. संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरु ः

क) संस्थाले प्रचलित नेपाल कानुन बमोजिम सम्बन्धीत निकाय बाट अनुमति वा इजाजत प्राप्त गरी मात्र आपनो उद्देश्यहरु कार्यान्वयन गर्नेछ ।
ख) संस्थालाई आवश्यक पर्ने भवन निमार्ण गर्ने वा लिजमा लिने छ र कम्यूटर, टेलिफोन, टाइपराइटर, फ्याक्स जस्ता कार्यालयलाई आवश्यक पर्ने सामान तथा सवारी साधान खरिद गर्ने छ वा भाडामा लिई प्रयोग गर्नेछ ।
ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवा सर्तहरु निधरिण गर्नेछ ।

परिच्छेद ३
सदस्यता

६. सदस्यहरुकोे बर्गिकरण ः
यस संस्थाको देहाय बमोजिम ४ प्रकारका सदस्यहरुकोे बर्गिकरण गरिएको छ ।
क) साधारण सदस्य ः यस विधानको दफा ७ बमोजिम योग्यता पुगेको कुनै पनि नेपाली नागरिकले तोकिएको प्रकृया अन्तर्गत रहि आवेदन गरेमा संस्थाको सदस्यता प्राप्त गर्ने व्यक्तिहरु साधारण सदस्य हुनेछन ।

ख) संस्थापक सदस्यहरु ः यस संस्था दर्ता हुदाको बखतका पदाधिकारीहरु संस्थापक सदस्य हुनेछन । संस्थापक सदस्यहरुले साधारण वा आजिवन सदस्यता लिएर विधान बमोजिम शुल्क बुझाउनु पर्ने छ ।

ग) आजिवन सदस्य ः संस्था र समाजसेवा प्रति बिशेष सहयोग दान पुरयाउने व्यक्तिहरुलाई तोकिएको प्रकृया अन्तर्गत आजिवन सदस्यता प्रदान गरिने छ ।

घ) मानार्थ सदस्य ः उपयुक्त ठहर गरेको बिशिष्ट समाजसेवी तथा प्रतिष्ठित नेपाली नागरिकलाई संस्थाको मानार्थ सदस्य प्रदान गर्नसक्नेछ तर मानार्थ सदस्यहरुको मताधिकार रहने छैन ।

७. सदस्यता प्राप्तिका लागी आवश्यक योग्यता ः
यस संस्थाको सदस्यको लागी देहाय बमोजिम को योग्यता पुगेको हुनुपर्ने छ ।
क) नेपाली नागरिक हुनु पर्ने ।

ग) मानसिक सन्तुलन नगुमाएको स्वास्थ्य हुनु पर्ने ।

घ) सार्वजनिक सम्पति हिनामिना केष भन्दा टाढा भएको हुनु पर्ने ।

ङ) नैतिकपतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा सजाय नपाएको हुनु पर्ने ।

च) जन—चेतना र समाज सेवामा समय दिन सक्ने र यस संस्था को बिस्तारलाई अगाडी बढाउन सक्ने मानसिकता बोकेको ।

८. सदस्यताको योग्यता ः
देहायको अवस्थामा सदस्यताको योग्यता पुगेको मानिने छैन ।

क) गैह्र नेपाली नागरिक ।
ग मगज बिग्रिएको वा बौलाएको ।
घ) सार्वजनिक सम्पति हिनामीना गरेको ठहरेको ।
ङ) नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा सजाय पाएको ।
च) सम्वन्धित संस्थाको व्यवसायमा निजिस्वार्थ भएको ।
छ) साहुको दामासाहीमा परेको ।

ज) कुनै प्रकारको चोरी, ठगी, किर्ते वा जालसाझी गरेको वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको वा भ्रष्टाचार गरेको अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पाई सजाय पाएको एक वर्ष भित्र ।

९. सदस्यताको समाप्ति ः
१. देहायको अवस्थामा सदस्यता समाप्ति हुने छ ।
क) यस बिधानको दफा ८ बमोजिमको सदस्य पद प्राप्त गर्ने नसक्ने भएमा ।
ख) साधारण सभाको ७५% सदस्यहरुको बहुमतले सदस्य पदबाट हटाउने प्रस्ताब पारित गरेमा
ग) संस्थाको काम कारवाहिमा बेइमानि वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा।
घ) सदस्यले राजिनामा दिई संस्था को कार्यसमितिले पास गरिदिएमा ।
ङ) यस बिधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा ।
च) सदस्यता शुल्क बुझाउन बाँकी भएमा वा सदस्यता नविकरण नगरेमा ।
छ) सदस्यको मृत्यु भएमा ।
ज) संस्था बिघटन भई खारेज भएमा ।
२. कुनै व्याक्ति संस्थाको सदस्यता प्राप्त गर्न वा बहाल रहन अयोग्य ठहराउन भन्दा अधि संस्थाले निजलाई सो कुराको सुचना दिई सफाईको सबुत पेश गर्ने मौका दिईनु पर्नेछ ।
१०. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने बिधि ः
यस बिधानको दफा ६ बमोजिमको सदस्यहरुले देहाय बमोजिम तोकिएको शुल्क तिरी सदस्यता प्राप्त गर्न सक्नेछन ।
१. साधारण सदस्य ः
क) साधारण सदस्य प्राप्त गर्ने चाहने व्यक्तिले प्रवेश शुल्क वापत रु ……….. र वार्षिक शुल्क वापत रु …….. बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्नेलाई कार्य समितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सकिनेछ ।
ख) त्यस्ता साधारण सदस्यले बार्षिक नविकरण शुल्क रु…………… बुझाउनु पर्नेछ ।
ग) साधारण सदस्य प्राप्त गर्ने सदस्यले बर्ष………….. महिनाको मसान्त भित्र नविकरण गराई सक्नु पर्नेछ र त्यसपछिको हकमा तोकिए बमोजिमको थप दस्तुर बुझाई नविकरण गर्न सक्नेछ ।
२. संस्थापक सदस्य ः
क) यो संस्था दर्ता हुँदाको बखतका तदर्थ समितिका पदाधिकारीहरु संस्थापक सदस्य हुनेछन ।
ख) संस्थापक सदस्यहरुले बिधानमा उल्लेख भए बमोजिम को शुल्क बुझाई साधारण सदस्य वा आजिवन सदस्य प्राप्त गर्न सक्ने छन ।
३. आजिवन सदस्य ः
संस्थामा एकमुष्ट रु …………….बुझाई तोकिएको प्रक्रिया अन्तरगत आवेदन दिने व्याक्तिहरुलाई कार्य समितिको निर्णयले आजिवन सदस्यता प्रदान गर्न सक्ने छ ।
४. मानार्थ सदस्य ः
साधारण सभाको निर्णयले उपयुक्त ठानेको समाजसेवी बिशिष्ठ व्यक्ति तथा प्रतिष्ठित नेपाली नागरिकहरुलाई मानार्थ सदस्य प्रदान गर्न सक्ने छ, तर मानार्थ सदस्यको मताधिकार रहने छैन ।
५. कुनै आवेदकलाई सदस्य नदिने निणर्य गरेमा सो को कारण सहितको जानकारी आवेदकलाई दिइने छ ।
६. सबै सदस्यहरुले यस बिधान र बिधान अन्तरगत बनेको नियम र बिनियम बमोजिम भएको व्यबस्थाको पालना गर्नु पर्ने छ ।
७. संस्थाले प्रदान गरेको उपदफा १, २, ३, र ४ अनुसारको सदस्यहरुको तोकिएको ढाचामा छुट्टै अभिलेख पुस्तिका रहने छ ।
परिच्छेद ४
साधारण सभा
११. साधारण सभाको गठन ः
१. यस संस्थाको बिधानको दफा ७ अनुसार सदस्यता प्राप्त गर्ने सम्पुर्ण सदस्यहरु रहेको संस्थाको साधारण सभा गठन हुने छ । साभारण सभा संस्थाको सर्वोच्च अंग हुनेछ ।
२. यस सस्थाको साधारण सभा, देहाय बमोजिम हुनेछ ।
क) बार्षिक साधारण सभा ः बर्षको एक पटक बार्षिक साधारण सभा बस्ने छ ।
ख) बिशेष साधारण सभा ः संस्थाको कूल सदस्यको १÷४ ( एक चौथाई ) सदस्यहरुले कारण
जनाई बिशेष साधारण सभा माग गरेमा बिशेष साधारण सभा, कार्यसमितिको कम्तीमा ७ (सात) दिनभित्र अनिवार्य रुपमा बोलाउनु पर्दछ । तर साधारण सभा वा बिशेष सभा बसेको छ महिना भित्र पुनः बिशेष साधारण सभा बस्न सक्ने छैन ।
३. यस संस्थाको प्रथम बार्षिक साधारण सभा स्थापना भएको आ.व. समाप्त भएको मितिले दुई महिना भित्रमा गरिने छ र त्यसपछिका बार्षिक साधारण सभाहरु आर्थिक बर्ष समाप्त भएको मितिले २ (दुई) महिना भित्र गरिने छ ।
४. यस सस्थाको बार्षिक साधारण सभा गर्नको लागि कम्तीमा १५ दिन अगावै र बिशेष साधारण सभा गर्नका लागि कम्तीका ७ ( सात) दिन अगावै सभा हुने स्थान, मिति, समय, र छलफल गर्ने बिषय खोली सबै साधारण सदस्यहरुलाई अनिवार्य रुपले सूचना दिइनेछ ।
५. उप–दफा ४ बमोजिम बोलाईएको साधारण सभा वा बिशेष साधारण सभामा बिधानको दफा १७ बमोजिमको गण पूरक संख्या नपुगी सभा हुन नसकेमा कम्तीमा ७(सात) दिनको म्याद दिई पुन ः साधारण सभा बोलाईने छ ।
६. साधारण सभा र बिशेष साधारण सभाको छुट्टा छुट्टै निर्णय पुस्तिका राखिने छ ।
१२. साधारण सभाको काम कर्तव्य र अधिकार ः
साधारण सभाको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुने छ ।
क) कार्य समितिले पेश गरेको योजना कार्यक्रमहरु र बार्षिक बजेट पारित गर्ने ।
ख) लेखा परिक्षकबाट प्राप्त भएको बार्षिक लेखा परिक्षण – प्रतिवेदन माथि छलफल गरि अनुमोदन गर्ने र लेखा परिक्षण प्रतिवेदनबाट देखिएका अनियमित बेरुजु रकमहरु मथि छलफल गरी नियमित गर्न नमिल्ने बेरुजु रकमहरु अशुल उपर गरी फछयौट गर्नको लागी कार्य समितिलाई निर्देशन दिने ।
ग) आगामी बर्षको लागी लेखा परिक्षकको नियुक्ति गर्ने ।
घ) संस्थाको बार्षिक कार्य प्रगति बिवरण र संस्थाले गरेको कार्यहरुको मूल्यांकन गरी कार्यसमितिलाई आवश्यक निर्देशन दिने ।
ङ) संस्थाको कार्य समितिका पदाधिकारीको पदावधि पुगेको अवस्थामा……………….. पदाधिकारीहरुको बिधान बमोजिमको प्रक्रिया अन्तरगत रहि निर्वाचन गर्ने ।
च) निर्वाचन बाहेक पक्ष बिपक्षमा मत दिदा साधारणतया हात उठाई गर्न सकिने छ । तर आवश्यक परेमा गोप्य मतदान पनि गर्न सकिने छ । मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णाय मत दिने छ ।
छ) मानार्थ सदस्यता प्रदान गर्ने ।
ज) कार्य समितिबाट सस्थाको हित अनुकुल भएका काम – कारवाहिहरुको, औचित्य हेरि अनुमोदन गर्ने ।
झ) संस्थाको उद्देश्य कार्वान्वयन गर्ने सम्बन्धमा उपयुक्त र आवश्यक कार्य गर्ने गराउने ।
परिच्छेद ५
कार्य समिति, काम कर्तव्य र अधिकार
१३. कार्य समितिको गठन ः
१. देहाय बमोजिमको पदाधिकारीहरु रहने गरी १५ सदस्यीयको १ कार्य समिति गठन गरिने छ
क) साधारण सभाको बहुमतले निर्वाचित अध्यक्ष १
ख) साधारण सभाको बहुमतले निर्वाचित उपाध्यक्ष १
ग) साधारण सभाको बहुमतले निर्वाचित महासचिव १
घ) साधारण सभाको बहुमतले निर्वाचित सचिव १
ङ) साधारण सभाको बहुमतले निर्वाचित सह–सचिव १
च) साधारण सभाको बहुमतले निर्वाचित कोडिनेटर १
छ) साधारण सभाको बहुमतले निर्वाचित कोषाध्यक्ष १
ज) साधारण सभाको बहुमतले निर्वाचित सदस्य ६
झ) अध्यक्षबाट मनोनित सदस्य २
द«ष्ट्रव्य ः मानार्थ सदस्य बाहेक साधारण सभाका सदस्यहरु कार्य समितिका उम्मेदवार तथा मतदाता हुनेछन् ।
२. कार्यसमितिको कार्यकाल २ (दुई) बर्षको हुने छ ।
३. बार्षिक साधारण सभा हुनुभन्दा अगावै कार्य समितिमा कुनै सदस्यको पद रिक्त हुन आएमा बाकी अवधिका लागी कार्य समितिका सदस्यको मनोनित कार्य समितिद्घारा गर्न सकिनेछ । यसरी सो पदमा निर्वाचित भएको सदस्यको कार्यकाल जुन सदस्य पद रिक्त भएको हो, सो सदस्य बांकी कार्यकाल सम्मका लागी मात्र हुने छ तर अन्य पदहरुको लागी बिधान बमोजिम बाँकी अवधिको निमित्त निर्वाचन प्रकृयाद्घारा पद पूर्ति गरिनेछ ।
४. कार्यसमितिको बैठक त्रैमासिक हुनु पर्ने र आवश्यकता अनुसार बिचमा पनि अध्यक्षले बोलाउन सक्ने छ ।
५. बैठक संचालन हुन अनिवार्य कार्यसमितिका सदस्यको ५१% हुनु पर्ने छ ।
६. कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।
७. कार्य समितिको बैठकमा छलफल भएको बिषयहरुकोे छुट्टै निर्णय किताबमा लेखि राखिने छ र सो निर्णय विवरणमा बैठकमा उपस्थित सम्पुर्ण सदस्यहरुले सहि गर्नु पर्ने छ तर निणर्यमा असहमति जनाउनेहरुले कैफियत खोलि सहि गर्नु पर्ने छ ।
८. संस्थाले गर्ने भनेको सम्पुर्ण कार्य कार्य समितिको निर्णयबाट हुने छ ।
९. माथि दफाहरु जुनसुकै कुरा लेखिएको भएता पनि कार्य समितिले गर्न पाउने कुनै कार्यको सम्बन्धमा कार्य समितिका सबै पदाधिकारीहरु लिखित रुपमा सहमत भएमा त्यस्तो सहमतिलाई निर्णय पुस्तिकामा संलग्न गरी त्यस्तो काम बैठक बिना पनि गर्ने सकिने छ । उपरोक्त बमोजिम सहमतिलाई कार्य समितिको बैठकको निर्णय सरह मानिने छ ।
१४. कार्य समितिको काम, कर्तव्य र अधिकार ः
कार्य समितिको काम, कर्तव्य र अधिकार देहायवमोजिम हुने छ ।
क) साधारण सभाको निति निर्देशन पालना गर्ने ।
ख) सस्थाको उद्देश्य, हित र लक्ष्य बमोजिम काम गर्ने ।
घ) प्रत्येक बर्ष बजेट बनाई साधारण सभाबाट पारित गराउने ।
ङ) प्रत्येक बर्षको अन्तमा आय व्ययको हिसाब र प्रगति प्रतिवेदनको जानकारी समिति सदस्यलाई दिने ।
च) बिधानको मूल भावाना अनुरुप अन्य नियम उपनियम बनाउने, संशोधन गर्ने र खारेज गर्ने
छ) संस्थाको लागी स्थायी अस्थायी कोष खडा गर्ने ।
ज) विभिन्न संघ संस्थाबाट हुने सेमिनार भेलामा संस्थाको प्रतिनिधित्व गर्ने गराउने ।
ढ) आर्थिक श्रोतका लागी बिभिन्न च्यारीटी सो, प्रतियोगिता, खेलकुद कार्यक्रमहरु संचालन गर्ने गराउने ।
ण) आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्ने खारेज गर्ने र कार्यक्रम तोक्ने सम्बन्धि नियमावलि बनाई साधारण सभाबाट स्वकृत गराई लागू गर्ने गराउने ।
त) संस्थाको उद्देश्य परिपुर्तिको लागि आफ्नो कार्यवधिमा उपयुक्त व्यक्तिहरुकोे सल्लाहाकार समिति, अन्य समिति, उप समिति गठन गर्ने र आवश्यकता अनुरुप कार्यको वाडफाड गरिदिने ।
थ) संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
द) अन्य भैपरी आएको कार्यक्रम गर्ने गराउने ।
१५. पद त्याग गर्न सक्ने ः अध्यक्षले उपाध्यक्ष मार्फत कार्यसमिति समक्ष र उपाध्यक्ष तथा अन्य पदाधिकारिहरुले
अध्यक्ष समक्ष राजिनामा दिई पद त्याग गर्ने सक्ने छन ।

परिच्छेद ६
पदाधिकारीहरुकोे काम कर्तव्य र अधिकार

१६. पदाधिकारीहरुकोे काम कर्तव्य र अधिकार ः
१) अध्यक्षको काम कर्तव्य र अधिकार ः
क) समिति र साधारण सभाको बैठक बोलाउने ।
ख) समिति र साधारण सभाको बैठकको अध्यक्षता गर्ने ।
ग) संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने ।
घ) समितिको कुनै किसिमको बैठकमा मतदान भई बराबर मत भएमा निर्णायक मत दिने ।
ड) साधारण सभा समितिले तोके बमोजिम काम, कर्तव्य र अधिकार पालना गर्ने र प्रयोग गर्ने
च) संस्थाका उद्देश्य, भावना बिरुद्ध काम भएमा, चल अचल सम्पतिको दुरुपयोग भएमा बिवादको स्थितिमा कार्य संचालनमा बाधा हुंदा अन्य उचित कारण देखिएमा अध्यक्षले आफ्नो बिशेष अधिकार प्रयोग गरी पहिलो पटक संकेत दिने दोस्रो पटक आवश्यक कारवाहि गर्न सक्नेछ । तर यसको पुष्टी साधारण सभामा एक महिना भित्र गराउनु पर्नेछ ।
छ) एक पटकमा रु मात्र र्खच गर्न सक्नेछ । तर यसको पुष्टि आगामि कार्यसमिति वा साधारण सभामा दिनु पर्ने छ ।
ज) बिभिन्न उपसमिति गठन गर्ने, बिघटन गर्ने र कार्यको रेखदेख गर्ने ।
झ) बार्षिक आय व्यय को हिसाब र प्रतिवेदन साधारण सभामा पेश गर्ने ।
ञ) आय व्ययको श्रोत प्रमाणित गर्ने ।
ट) आवश्यकता अनुसार बैठकहरु बोलाउन सचिवलाई निर्देशन दिने ।
ठ) अन्य पदाधिकारी एवं सदस्यहरुलाई कामको बाँडफाँड गर्ने ।
ड) संस्थाको नेतृत्व लिने ।
ढ) अभिलेख प्रमाणित गर्ने ।
२. उपाध्यक्षको काम कर्तव्य र अधिकार ः
क) अध्यक्षको अनुपस्तितिमा वा अन्य कारणले (हाल केहि समयको लागी) काम गर्ने नसक्ने लिखित जानकारी दिएमा अध्यक्षको सम्पुर्ण काम, कतव्र्य र अधिकार पालन प्रयोग गर्ने ।
ख) अध्यक्षबाट स्थानीय निर्देशन वा समिति वा साधारण सभाले तोकेको काम कतव्र्य र अधिकार पालन प्रयोग गर्ने ।
ग) अध्यक्ष लाई सहयोग गर्ने ।
३. सचिवको काम कर्तव्य र अधिकार ः
क) अध्यक्षको सल्लाह वा निर्देशन अनुसार समिति र साधारण सभाको बैठक बोलाउने ।
ख) बैठक निमित कार्य सूची तयार गर्ने र निर्णय पुस्तिका राख्ने ।
ग) संस्थाको र समितिको दैनिक कार्य संचालन गर्ने ।
घ) संस्थाको र समितिको तर्फबाट पत्राचार, लेखापढी गर्ने ।
ङ) बार्षिक प्रतिवेदन बनाई समितिमा पेश गर्ने ।
च) कार्यालयको चल अचल सम्पतिको र कागजातको दायित्व वहन गर्ने
छ) बिभिन्न उपसमितिहरुमा समन्वय स्थापना गराउने र सयुक्त बैकमा सचिवको कार्य सम्पादन गर्ने ।
झ) अध्यक्ष, उपाध्यक्ष, परिषद, कार्यसमिति, साधारण सभा र समितिहरु द्धारा तोकिएको निर्देशन अनुरुप काम गर्ने ।
४. सह सचिवको काम, कर्तव्य र अधिकार ः
क) सचिवको अनुपस्थितिमा सचिवको सम्पुर्ण काम (बैक खाता संचालन बाहेक) कर्तव्य र अधिकार पालन गर्ने ।
ख) सचिवबाट हस्तान्तरीत निर्देशित वा समिति वा साधारण सभा, अध्यक्ष र उपाध्यक्षले तोके बमोजिम कार्य गर्ने ।
५. कोषाध्यक्षको काम कर्तव्य र अधिकार ः
क) संस्थाको कोषको रेखदेख र संचालन गर्ने ।
ख) साधारण सभामा बार्षिक कार्यक्रम र बजेट पेश गर्ने ।
ग) लेखा दुरुस्त राख्ने ।
घ) नियमित रुपमा बार्षिक लेखा परिक्षण गराउने ।
ङ) बंैक खाता संचालन गर्ने ।
६. सदस्यहरुको काम कर्तव्य र अधिकार ः
क) समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
ख) संस्थाको कार्यमा रचनात्मक भूमिकाको निवाह गर्ने ।
ग) संस्था प्रति उत्तरदाईत्व निवाह गर्ने ।
१७. गणपूरक संख्या ः
१. कुल सदस्य संख्याको ६० % ( साठी ) प्रतिशत साधारण सदस्यहरुको उपस्थित नभै साधारण सभाको काम कारवाहि हुने छैन ।
२. तर बिधानको दफा ११ (एघार) को ५ (पाँच) मा भए बमोजिम पुन ः बोलाईएको साधारण सभामा कुल सदस्य संख्याको ५१ % उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन ।
३. साधारण सभा र कार्य समितिको बैठकमा सल्लाहाकार समितिलाई पनि बोलाउन सकिने छ तर गणपुरक संख्या र मतदानमा निजहरुको मान्यता रहने छैन ।

परिच्छेद ७
कोष
१८. संस्थाको कोष ः
१. संस्थाको आफ्नो एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोजिमको प्राप्त रकमहरु जम्मा हुनेछन ः
क) सदस्यता वापत प्राप्त प्रवेश शुल्क र सदस्यता शुल्क रकम ।
ख) च्यारीटी सो वा अन्य प्रदर्शन बाट प्राप्त रकम ।
ग) चन्दा, अनूदान, सहायता बापत प्राप्त रकम ।
घ) नेपाल सरकार प्राप्त सहयोग वा अन्य रकम ।
ङ) संस्थाको चल अचल सम्पति वा अन्य वस्तुको बिक्री बाट प्राप्त रकम ।
च) नेपाल सरकारको सम्वन्धित निकायबाट पूर्व स्वीकृति लिई बिदेशी संस्था, व्यक्ति वा अन्तराष्ट्रिय संघ संस्थाबाट सहयोग बापत प्राप्त रकम ।
छ) स्थानिय निकाय बाट प्राप्त अनुदान वा सहयोग बापत प्राप्त रकम ।
ज) साधारण सभा र समितिले तोके बमोजिम अन्य श्रोत बाट प्राप्त रकम ।
२. संस्थामा प्राप्त दफा १८ बमोजिमको रकम स्थानिथ बैक मा जम्मा गरि बैक खाता संचालन गरिनेछ ।
१९. खाता संचालान ः
खाता संचालान को हक मा अध्यक्ष र सचिव मध्य १ (एक) जना र कोषाध्यक्षको अनिर्वाय दस्तखत बाट खाता संचालन हुनेछ । प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेता राख्ने व्यवस्था गरिने छ ।
२०. कोषको रकम खर्च गर्ने तरिका ः
संस्थाको कोषमा जम्मा भएको रकम खर्च पर्दा देहाय वमोजिम तरिका अपनाई खर्च गरिने छ ।
क) संस्थाको बार्षिक बजेट योजना र कार्यक्रम स्वीकृत नगरी कोषबाट खर्च गर्न सकिने छैन ।
ख) साधारण सभा बाट पारित बजेट र कार्यक्रमको अधिनमा रहि कोषबाट रकम खर्च गर्न सकिनेछ ।
ग) कोषबाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारण सभामा अनिवार्य रुपले पेश गर्नु पर्ने छ ।
घ) कोषको रकम खर्च गर्दा तोकिए बमोजिम खर्च गर्नुपर्नेछ ।
२१. संस्थाको लेखा र लेखा परिक्षण ः
१. संस्थाको आय व्ययको लेखा प्रचलित कानून बमोजिम स्पष्ट तवरले राखिने छ ।
२. संस्थाको लेखा परिक्षण प्रचलित कानून बमोजिम रजिष्टर्ड लेखा परिक्षकबाट हुने छ ।
३. लेखा परिक्षणको नियुक्ति साधारण सभाबाट हुनेछ । तर प्रथम बार्षिक साधारण सभा नभए सम्म लेखा परिक्षकको नियुक्ति कार्य समितिबाट हुने छ ।
परिच्छेद ८
अविश्वासको प्रस्ताव
२२. अविश्वासको प्रस्ताव ः
१. अविश्वासको प्रस्ताव लिखित रुपमा कुन कुन पदाधिकारिको विरुद्धमा हो स्पष्ट खुलाइ देहाय बमोजिमको रित पुरयाई संस्थामा दर्ता गर्नु पर्ने छ ।
क) नेपाली भाषामा शिष्ट शब्दको प्रयोग गरि लेखिएको हुनुपर्छ ।
ख) प्रस्तावको बिषय स्पष्ट र व्यवहारिक हुनु पर्छ ।
ग) साधारण सभा सदस्यहरु मध्येबाट कम्तीमा १÷४ (एक चौथाई) सदस्यहरुको प्रष्ट नाम थर र ठेगाना सहित खुलाई सहि भएको हुनु पर्छ ।
२. उपदफा १ बमोजिम संस्थामा दर्ता भएको अविश्वासको प्रस्तावको स्पष्ट बिषय खुलाई साधारण सभा वा बिशेष साधारण सभा बस्ने स्थान, मिति, समय समेत तोकी संस्थाको साधारण सभाको सम्पुर्ण पदाधिकारी र सदस्यहरुलाई बिधानको दफा ११ (४) बमोजिम साधारण सभा वा विशेष साधारण सभा बस्ने सूचना दिईनेछ ।
३. अविश्वासको प्रस्ताव उपर छलफल गर्न बसेको साधारण सभाले अविश्वास प्रस्तावको पक्ष बिपक्षको राय र सम्बन्धित पदाधिकारि वा सदस्यको प्रतिवाद कथनलाई बिचार गरी साधारण सभामा उपस्थित सदस्य संख्याको दुई तिहाई सदस्यले प्रस्तावको पक्षमा मत दिएमा अविश्वास प्रस्ताव पारित भएको मानिनेछ । परिणामस्वरुप सम्वन्धित कार्यसमिति वा सदस्य आफ्नो पदबाट मुक्त भएको मानिनेछ ।
४. अविश्वास उपर छलफल गर्न बोलाएको साधारण सभाको अध्यक्षता कार्य समितिको अध्यक्षले गर्नेछ तर कार्य समितिको बिरुद्ध अविश्वास दर्ता भएकोमा साधारण सभाको सबभन्दा जेष्ट सदस्यले बैठकको अध्यक्षता गर्नेछ र अध्यक्ष उपर अविश्वास प्रस्ताव दर्ता भएकोमा बरिष्ठ उपाध्यक्षले बिशेष साधारण सभाको बैठकको अध्यक्षता गर्नेछ ।
५. कार्य समिति उपर अविश्वासको प्रस्ताव पारित भएमा उक्त बिशेष साधारणसभाबाट तीन महिनाभित्र निर्वाचन गराउने गरि सभाका सदस्यहरुमध्यबाट एउटा तदर्थ समिती गठन गर्नेछ । उक्त तदर्थ समितिले दैनिक प्रशासनिक कार्यहरु गरी निर्वाचन गराउनु पाउनेछ ।
६. बार्षिक साधारण सभा बस्ने अवस्था रहेमा अविश्वासको प्रस्ताव त्यस्तो बार्षिक साधारण सभामा पनि पेश गर्न सकिनेछ ।
७. अविश्वास प्रस्ताव निर्वाचन भएको एक बर्ष नबित्दै र एउटा अविश्वासको प्रस्ताव अस्विकृत भएको मिति देखि १ बर्ष नबित्दै अर्को अविश्वास प्रस्ताव पेश गर्न पाउने छैन ।
२३. निर्वाचन ः
१. कार्यसमितिको निर्वाचन हुनुपर्ने सदस्यहरुको साधारण सभाबाट हुने निर्वाचनको लागी कार्यसमितिबाट निर्वाचन समिति नियुक्त गरिनेछ ।
२. निर्वाचन समितिले प्रचलित कानूनको परिधिभित्र रहेर निर्वाचन कार्यविधि आफै व्यवस्थित गर्ने छ ।
३. निर्वाचन सम्बन्धि बिवाद उत्पन्न भएमा विवादको टुङ्गो निर्वाचन समितिले गरेको निर्णय नै अन्तिम हुनेछ ।
४. निर्वाचन बिधिवत, स्वतन्त्र र निश्पक्ष सम्पन्न गर्ने उतरदायित्व निर्वाचन समितिको हुनेछ ।
५. निर्वाचन सम्पन्न भएको भोलि पल्ट निर्वाचन समितिको स्वत विघटन हुनेछ ।
२४. उमेदवारको योग्यता ः
उमेदवारको लागी देहायबमोजिमको योग्यता पुगेको हुनुपर्ने छ ।
क) दफा ७ बमोजिम योग्यता पुगी संस्थाको सदस्यता प्राप्त गरेको नेपाली नागरिक ।
ख) दफा ६ बमोजिम मानार्थ सदस्य बाहेकका सदस्यहरु ।
२५. विधान संशोधन ः
१. यस विधानमा कुनै संशोधन गर्न परेमा कार्यसमितले साधारण सभा हुनभन्दा कम्तीमा २१ दिन अगाडी लिखित सूचना दिई प्रकाशित गर्न सक्नेछ ।
२. प्रस्ताविक संशोधन साधारण सभामा उपस्थित सदस्यहरको दुई तिहाई मतद्धारा पारित हुनुपर्नेछ ।
३. संशोधन विधान लागू कार्यसमितिको पहिलो बैठकले स्वीकृति गर्ने छ ।
२६. नियम वा विनियम बनाउने अधिकार ः
१. यस विधानको उद्देश्यहरु पूर्ति गर्न कार्यसमितिले आवश्यक नियम तथा विनियम बनाउन सक्नेछ ।
२. कार्यसमितिले नियम वा विनियम प्रस्तावित गरी साधारण सभाको स्वीकृती लिई लागू गर्नेछ ।
३. संस्थाको सदस्यता व्यवस्थित गर्ने आवश्यकमा परेमा कार्यसमितिले सदस्यता बितरण नियमावली बनाई साधारण सभाको स्वीकृत लिई लागु गर्न सक्नेछ ।
२७. आर्थिक बर्ष ः
संस्थाको आर्थिक बर्ष नेपाल सरकारको आर्थिक बर्ष अनुरुप हुने छ ।
२८. बाधा अड्काउ फुकाउ ः
यस बिधान को कार्यावन्यनको लागी कुनै बाधा अड्काउ परेमा कार्य समितिले निर्यण गरि त्यस त्यस्तो बाधा अड्काउ फुकुवा गर्न सकिने छ । सो जानकारी साधारण सभा बस्दा सभामा दिनु पर्ने छ ।
२९. बिघटन ः
कुनै कारण संस्था बिघटन भएमा यस संस्थाको सम्पुर्ण जाय जेथा, चल अचल सम्पति सामाजिक कार्यका लागी नेपाल सरकार मार्फत जानेछ ।
३०. व्याख्या ः
यो बिधान र बिधान अन्र्तगत बनेको नियम बिनियमको व्याख्या गर्ने अधिकार कार्य समितिलाई हुनेछ ।
३१. गोप्यता भंग गर्न नहुने ः
यस संस्थाको कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाको अहित हुने गरि गोप्यता भंग गर्नुहुदैन ।
३२. निर्देशन को पालना ः
नेपाल सरकार वा कुटनिति नियोग ले दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तव्य हुनेछ ।
३३. खारेजी र बचाउ ः
१. साधारण सभाले आवश्यक देखिएमा बिशेष प्रस्ताव पारित गरी संस्था खारेजी गर्नेसक्नेछ ।
२. उपदफा १ बमोजिम संस्थाको खारेजी को प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजिको कामका लागी संस्थाको हिसाब किताब गर्नको लागीे लेखापरिक्षक नियुक्त गर्न सक्नेछन ।
३. उपदफा २ बमोजिम नियुक्त लेखा परिक्षकको पारिश्रमीक साधारण सभाले तोकिदिए बमोजीम हुनेछ ।
४. यस बिधानमा लेखिएका कुराहरु प्रचलित नेपाल कानुन सँग बाझिएमा बाझिएको हद सम्म स्वत ः निष्कृय हुनेछन् ।

अनुसुची १
जन जागृति युवा समाज लोगो
नेपलाको सर्वोचता नेपाल र नेपालीको पैचान र जन जागृति युवा समाज को अर्थ अंकित ।

अनुसुची २
कार्यालयको छाप
अनुसुची १ को लोगो बमोजिम ।
अनुसुची ३
आवेदन फारमको नमुना र लेटरप्याड
अनुसुची १, २, परिच्छेप १ को क,ख र परिच्छेप ५ लाई समेट्नु पर्ने ।
अनुसुची ४

सपथ
म सत्यनिष्ठापूर्वक एवं विवेकपूर्वक सपथ लिन्छु कि यो विधान र यसको अधीनमा बन्ने नियम उपनियमहरुको पालना गर्नेछु । म कहिल्यै पनि विधानले मलाई दिएका अख्तियारीको दुरुपयोग गर्ने एवं पदको गोपनियता भंग गर्ने कार्य गर्ने छैन ।म जन जागृति युवा समाज को मुल्य र मान्यताहरुलाई सदा सर्वोकृष्टताका साथ आत्मासात गर्ने मेरो प्रतिवद्धतालाई अभिव्यक्त गर्दछु ।

No comments

all right reserve deepin. Powered by Blogger.