Header Ads

गजल

मिठा मिठा बात गर्दै बसियाे काेठा भित्र ।
अँगालोमा सुस्त उसलाई कसियाे काेठा भित्र ।

नाइ हुन्न भन्दै थिइन चुम्न ती अधर मैले
मनाएर ती ओठमा डसियाे काेठा भित्र ।

सातै जुनि एकअर्काको बन्ने सपना बुन्दै
अरे यार कस्तो प्रेममा फसियाे काेठा भित्र ।

काे कति राम्रो हुने प्रतिस्पर्धा गराैँ भन्दै
उसले लाउने क्रिम पनि घसियाे काेठा भित्र ।

जिस्कँदै चल्दै हामी लड्याैँ एउटै विस्तारामा
अनायासै त्यो खाटबाट खसियाे काेठा भित्र ।

No comments

all right reserve deepin. Powered by Blogger.