Header Ads

अमरेशले ओलीको मानसिक अवस्थामा प्रश्न गरेपछि संसदमा तनाव

काठमाडौँः नेपाली कांग्रेसका सांसद् अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक अवस्थाको ठिक नभएको अभिव्यक्ति दिएपछि संसदमा खैलाबैला भएको छ ।
सिंहले प्रधानमन्त्री ओलीले सेवन गर्ने औषधिको प्रभावका कारण ओलीको मानसिक अवस्था ठिक नभएको रिपोर्ट चिकित्सकले दिएको बताएपछि एमाले सांसदले उठेर आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्रीको मानसिक अवस्थामा प्रश्न गर्ने अधिकार कसैलाई नभएको बताउदै एमाले सांसदले सिंहको अभिव्यक्ति संसदीय रेकर्डबाट तत्काल हटाउन आवाज उठाएका थिए । एमाले संसदको अवाजले संसदमा तनाव भएको हो ।
एमाले संसदको आवाज आए लगत्तै सभामुख ओनसरी घर्ती मगरले रेकर्डबाट हटाउन निर्देशन दिएपछि संसद सुचारु भएको छ । सभामुखले भनिन्, ‘रेकर्डबाट हटाउन निर्देशन दिन्छु र मान्य सदस्यलाई मर्यादित शब्द बोल्न आग्रह गर्दछु ।’

तस्विर: रासस

No comments

all right reserve deepin. Powered by Blogger.