Header Ads

पशुपति शर्माले पहिले र अहिलेका तिज गीतलाई तुलना गरेर तिखो शाब्दिक बाण हाने



हरेक गीतमा नयाँपन दिँदै अाएका कलाकार पशुपति शर्माले पहिले र अहिलेका तिज गीतलाई तुलना गरेर तिखो शाब्दिक बाण हानेकाे गित बजारमा अाएकाे छ ।  तिज गीतलाई परिस्कृत गर्ने नाममा रत्यौली तर्फ मोडेको आरोप खेप्दै आएका कलाकार शर्माले अहिलेका गीतमा आधुनिकताको नाममा परिवारसंग बसेर हेर्न लाज लाग्ने खालको अश्लिलता आएकोमा व्यग्य गरेका छन् । पशुपति शर्माकाे लय शब्दमा  कल्पना श्रीपाल र पशुपति शर्माकाे अावाजमा बजारमा अाएकाे गितमा  अभिनय पनि गायिका कल्पना श्रीपाल र पशुपति शर्माकै  रहेकाे छ । यथार्थपरक विषयवस्तु समेटिएकाे गित कल्पना श्रीपालकाे तिज काेसेलि स्वरूप बजारमा अाएकाे हाे ।
वनैमा राम्रो वनका चराचरीले
घरैमा राम्रो छोराछोरीले
गोठैमा राम्रो माली भन्ने गाईले
माईतैमा राम्रो दाजुभाईले

तुलना स्वरूप गितमा हरिदेवी देवी कोईरालाले गाएकी गीतको अंशलाई समेत समाबेश गराईएको छ ।   फेसबुकमार्फत गीतको भिडियो सार्वजनिक गर्दै गायक तथा सर्जक शर्माले गायिका हरिदेवी कोईराला लगायत अग्रज कलाकारलाई सम्मानका शब्द व्यक्त गरेका छन् ।

No comments

all right reserve deepin. Powered by Blogger.