Header Ads

गुलाफ हाे कि ताेरिकाे फुल

भनिन्छ जिन्दगी एक यात्रा हाे । जाे काेहि हर कुनै समय निरन्तर यात्रामा हुन्छ भलै उसले महशुस नगरेको हुनसक्छ । यस्तै जीवन यात्रा अगाडि बढाउने शिलशिलामा जिवनले विभिन्न अवस्था पार गर्छ शिशु बाल्यकाल हुँदै किशाेर र जवान अनि बुढेसकाल सम्म पुग्दा मान्छेले जिन्दगीको यात्रा चरम अवस्थामा पुर्‍याइसकेकाे हुन्छ । मृत्यु नै अन्तिम गन्तव्य हाे चाहे चन्द्र चुमुन चाहे पृथ्वीमा घुमुन । यहि परिधिभित्र सिमित जिन्दगी लिएर जन्मेको म खुल्ला आकाश भित्र कैद छु अझै पनि । जब म शिशु थिएँ मलाई गाउँ घरका आमाहरुले प्यार गर्थे । बाल्यकालमा साथीहरूले । जब जवानी चढ्यो  किशोर र जवान भएँ कता कता प्रेम अभाव महशुस हुँदाे रहेछ ।
प्रवेशिका परिक्षा उतिर्ण गरि मनभरि सपनाको चाङ बाेकेर गह्रौं झाेला भिरेर शहर छिरेँ म । कति साथी शहर छिरे कति गाउँ बसे केही पत्ताे भएन । जिन्दगीको रहस्यमय यात्रा तब सुरुवात भयो जब शहरको भिडभाडमा आफ्नो अस्तित्व खाेज्न थाले म । अग्लो भवन ,चिल्ला गाडि, सेता मुहार अनि फुस्राे सडक । मेरो दिमागमा कैद शहरको पहिलो चित्र यहि हाे । सुरुवातका दिनहरूमा घरको साह्रै याद आउने । आमाले दिएको खाजा बुबाले ल्याइदिएको बिस्कुट र स्वच्छ हावाको स्पर्शमा हुर्केको म शहरको अग्लो घर साँघुरो गल्लि अनि हाेहल्ला पटक्कै मन स्थिर भएन । कहिलेकाहीँ त भाेलि बिहानै उठेर घरतिर लागाै झैँ झाेक चल्ने । तर फेरि आफ्नो भविष्य सम्झन्थे तब मन सम्हाल्न बाध्य हुन्थे म ।
बिहान कलेज गयो दिउसो काम छैन यसाे बजार तिर हल्लियाे समय कटायाे । याे शहरिया दिनचर्या थियो मेरो । यसै बिच एकदिन बजारको छेउमा रहेको चाैतारिमा बसेर जीवन बुझ्दै थिएँ म । साइकल चढ्ने देखि कार चढ्ने सम्म , फाेहाेर टिप्ने देखि कलेज पढ्ने सम्म सबैकाे सपनाको शहर काठमाडौं  मैले पनि सपना संगालेर आएको थिएँ । यस्तै सपना संगालेका हजारौंकाे भिडमा आफुलाइ उभ्याउनु चानचुने कुरा हैन तथापि उभ्याएर मात्रै पुग्ने थिएन सफलताको शिखरमा पुग्नु पनि थियो नै । अनेक तरहका कुरा खेल्दै थिए मनमा । सायद जिन्दगीको बारेमा धेरै शाेचे छु क्यारे । यसै बिच मेरो नजरमा कैद भयो कसैको तस्वीर । गाजलु आँखा, स्याउ झैं गाला चट्ट मिलेको जिउ, अनि हल्का गुलाफी लिपिस्टिक पाेतिएकाे ओठ अरे खै कसरी बयान गराैँ म  उनको बारेमा । लाग्यो कि उसको सुन्दरता बयान गर्न लायक शब्द शब्दकोषमा पनि छैनन् । हल्का राताे कुर्थामा सजिएकि उ बजारका हरेककाे नजरमा परेको थिई   । उ सरासर मेरो नजिकै आई अनि साेधि दिपेन के छ खबर ? कहिले आयाै घरबाट ?
अचानक अपरिचित केटीले सरासर नजिक आएर आफ्नो नामले नै बाेलाउदा बेहाेसि भए छु । सायद नशाेचेका कुरा हुँदा जाे काेहिलाइ यस्तै हुँदाे हाे । म नि आम मानिस न हुँ । जब झसङ्ग भएँ तब पालाे आयो उत्तर दिनुपर्ने । सरासर उत्तर दिएँ उसको प्रश्नको । उ उत्सुकता देखाउदै शाेध्न थाली गाउँकाे बारेमा म अनभिज्ञ थिएँ उसको बारेमा । अरे प्रश्न शाेधाै भने मुटुले ठाउँ छाेड्न लागिसक्यो ।नशाेधम त रातभर छट्पटी हाेला भन्ने डर । अन्तमा हिक्मत जुटाएर साेधेँ उसको बारेमा र उसले भनी "म पुर्णिमा" । म त छागा बाट खसे झैं भए । पुर्णिमा मेरो बाल्यकालकाे साथि । पछि आठ कक्षा पास गरेसँगै शहर गएकि पढ्नकाे लागि । उसले उसको बारेमा बेलिविस्तार लगाइ म सुनिरहेँ । लामो गन्थन पछि उसले नम्बर मागि र नम्बर साटासाट गरेर उ उसको घरतिर लागि म उही साँघुरो डेरा तिर । डेरा साँघुरो भए नि त्याे दिन मन फराकिलो थियो । खाना बनाउन जागर चलेन माइला दाइको पसलबाट दुईवटा अण्डा र एउटा चाउचाउ ल्याएर बनाए त्यहि खाएर लडेँ बेडमा ।

राति त्यस्तै 11 बजेकाे थियो उसले म्यासेज गरिछ माेबाइलमा खाना भयो भन्दै । शब्दमा उत्तर दिनु भन्दा उसको बाेलि सुन्न पनि पाइने भन्दै कल दाबियाे । उसले फाेन त उठाइ अब के भनम भनेर यता फेरि छट्पटी सुरु भाे । "साला यस्तै बेलामा धाेका दिन्छ याे हिक्मत भन्ने चिजले पनि "मनमनै शाेचेँ । यति शाेच्दा सम्ममा उतैबाट प्रश्नको चाङ लागिसकेको थियो । जवाफ दिन थाले म एक एक गरेर । फाेनबाटै मनका धेरै कुरा खाेलियाे जुन चाैतारिमा खाेल्ने हिक्मत दुबैले गरेको थिएनाैँ ।
गफ धेरै गरिएछ भर्खरै हालेको रिचार्ज सकिँदा नि पत्ताे भएन यता एकसुरले म बाेलिरहेछु उता फाेन काटिएको रहेछ जब उसले ब्याक गरि तब पाे झसङ्ग भैयाे फेरि । उसले साेधि ओए पैसा सकिएको हाे ? मैले भने अँ हेरन पत्तो नै भएन । फेरि गफ सुरुभाे पहिलाकै अवस्थामा । धेरै पछि भेटेका हामी सायद धेरै कुरा गरियाे जुन कुरा समयले गर्न दिएको थिएन । उसको पनि ब्यालेन्स सकिएपछि उसले शुभ रात्री भनी तर रातभर निन्द्रा परेको हैन । अनिदाे मै रात बित्यो ।
शहर त तब मज्जा लाग्न थाल्यो जब उसलाई भेटेँ । गाउँ भुल्न थालेँ मैले । आमाको सम्झना कम हुन थाल्यो । सिङ्गो दिमागमा घरको चित्र घुम्थ्याे पहिले अब उसको मुहार घुम्न थाले । पुर्णिमा अनुहार मात्रै हैन बानिमा पनि राम्रो थिइ पहिला पनि । कक्षाको सबैभन्दा राम्रो केटि भन्थे सरहरु पनि । उसँग मेरो हर चिज मिल्थ्याे । ईच्छा चाहना मिल्थे राेजाइ मिल्थ्याे अनि लक्ष्य पनि । तर चाहेर पनि हामी सँगै हुन पाएनौं किशोर अवस्थामा । जब जवान भएँ तब भेटेँ फेरि उसलाई लाग्यो अमुल्य मणि नै फेला पारेँ मैले । बिस्तारै हाम्रो भेट बाक्लिँदै गयो । हप्ता दिनबाट तीन दिन हुँदै दिनका दिन भेट्न थाल्यौं । नभेटे छट्पटी हुने उ त नशा बनी मेरो लागि । नबनाेश पनि कसरि अरे यार दिलमा सजाएकाे थिएँ । तर भन्न सकेको थिइन मैले । मनमा गुम्सिएका कुराले यत्ति पीडा दिने रहेछ कि त्यतिबेला थाहा भयो ।

उ सुन्दर थिइ । सुन्दर चिज मनपर्नु सामान्य थियो । तर भन्ने हिक्मत नहुनु असामान्य कुरा हाे । यहि असामान्य कुराका बिचमा सामाजले पनि हामी बिच धेरै असामान्य बिल्ला भिराएकाे थियो । उ सुन्दरी तर जनजाति रे म कथित बाहुन । उ धनी रे म गरिब औकात नमिल्ने । अरे यार माया गर्न मन मिलेर मात्रै पनि नहुने ? मनले मनसित प्रश्न गर्न थाल्यो । अर्को मनले उत्तर दियो अरे भाइ समाजको बन्धन ताेड्ने हिक्मत गर । हिक्मत त गर्न हुन्थ्यो तर हिक्मत जुटाउने कसरी फेरि तनाव सुरु भाे । वास्तवमा लभ परे नि टेन्सन नपरे झनै टेन्सन । परे जाेगाउने कसरी भन्ने टेन्सन नपरे आफुलाइ मनपर्ने चिज अर्काले उडाउला भन्ने टेन्सन । जे भए नि हिक्मत जुटाउने प्रण गरेँ र लडे बेडमा ।

भाेलिखेर बिहानै उसले मिस्कल गरि एकछिन पछि कल ब्याक गरेँ भेटम भनी । भेट्ने स्थान र समय ताेकियाे अनि लागेँ खाना खाएर  उतै तिर । उ आउन ढिला गरि । प्रतिक्षाकाे घडि झनै कष्टकर हुने रहेछ । छिनछिनमा फाेन गरेर साेध्न मन लाग्ने कता आइपुगेको भनेर । कत्तिन जागिर नै दिएको जसरि । जे भए पनि दिलमा सजाएकाे मान्छे चासाे त हुन्छ नै । उ आइपुगि । जिउ भरि अत्तर छरेर आखामा गाजल दलेर अनि ओठमा लिपिस्टिक धसेर । खासै मेकअप नगरे नि राम्रो देखिन्थि उ । सबैले बाहुनि भन्थे तर उ मगर्नि थिइ । हामी सँगै हिड्दा कसैले साेधे उ मेरै थर भन्दिन्थि अनि म गमक्क पर्थेँ आखिर बुहारी त मेरै आमाको हुनि त हाे नि भनेर ।  त्यस दिन उसले मलाई भेट्न पार्कमा बाेलाएकि थिई । पार्कका चारैतिर प्रेममा लिप्त प्रेम जाेडिका कामुक चर्तीकला देखेर मलाई अप्ठ्यारो लागेको थियो । उसले सामान्य रुपमा नै लिइ । सायद शहरि हावा नपचेकाे हुँदाे हाे मलाई ।  अलिक पर धुपिकाे फेदमा बस्यौं हामी नि । उसले झाेलाबाट छाता झिकि अनि ओढाइ । मेरो नजिकै बसि मलाई अप्ठ्यारो महसुस हुन थाल्यो । गाउँमा केटी र केटा बस्ने बेन्च नै फरक हुन्थे । कक्षामा केटीलाई छुँदा नि अचम्म हुन्थ्यो । समाजले पचाउन सक्थेन यी सब । तर शहरमा पचि सकेको रहेछ । उसले आफू तिर तानि र भनी के लाज मानेकाे केटा भएर नि लाज मान्छन् । याे समाजले केटालाई लाज मान्ने र रुने अधिकार पनि दिएन खुल्ला रुपले । केटा भन्ने बित्तिकै साहसि हुनुपर्छ भन्ने भयो । तर कठाेर बन्न त मन पनि चाहिन्छ नि । शाेच्दै थिए मनमनै । उसले फेरि झाेलाबाट केही चिज निकालि र मेराे हात समातेर दिई । म त्यतिबेला फिदा भएँ जब मनले जे शाेचेकाे थिएँ उसले त्यहि प्रस्तावकाे प्रतीक गुलाफ दिई र अँगालेर भनी म तिमिलाइ माया गर्छु । जिन्दगीको सबैभन्दा खुसिकाे क्षण नै त्यहि लाग्याे मलाई ।  कतिपय मनले खाेल्न नसकेको कुरा शब्दमा उतारेर चिठी पठाउथ्याै हामी । यसैगरि समय बित्याे  । बर्ष बितेकाे नि पत्तो भएन । उ अनि म एक अर्कामा बिलिन भएको समय धेरै भयो
। उसको तस्बिर ढुकढुकिमा सजाएकाे धेरै भयो । हामी एकअर्का बिना बाँच्न नसक्ने भयौं । तर समाजले हामीलाई लाेग्ने स्वास्नी बन्ने अधिकार दिएन । उ मगर म बाहुन , उ धनी म गरिब खै कुन आधारले छेक्याे हाम्रो सम्बन्ध । मैले उसको चुम्बनमा कहिल्यै फरकपना पाइन अनि उसले दिएको गुलाफमा कहिल्यै फरक रंग भेटिन । तर समाजले फरक देख्यो उसको र मेरो जात अनि औकात । हाे यहीँबाट सुरु भाे मायाको युद्ध । छुटे बाच्न नसक्ने हामी । जुटे बाँच्न नदिने हामीलाइ । अरे भगवान पनि निष्ठुर भइदिन्छन् कहिलेकाहीँ त । यहाँ प्रेमको पनि ब्रान्ड खाेज्न थालियो । पैसा र जातलाइ प्रेम नाप्ने तुलाे बनाइयो अनि हामीलाई र हाम्रो प्रेमलाइ धुलो बनाइयो ।  म निशब्द उभिएर बस्न सकिन तर उनी बाेल्न चाहिनन् समाज शीत । सायद  भविष्य देखिनन् म शीत । दुई चार दिनपछि उनले कल गरिन र भनिन् भुल मलाई ।

अरे यार कति सजिलोसँग भन्छन् मान्छेहरु भुल भनेर । दिलमा सजाएकाे र धड्कनमा धड्किएकाे चिज चटक्कै निकालेर फाल्न दाेबाटाेमा पुजेकाे ढुङ्गा हाेर । हुन त त्यो ढुङ्गा पनि देवता बन्न अनेक रुप धारण गर्नुपर्छ । कहिले शिव रुप त कहिले ब्रम्हा । विश्वास नै त हाे यी सब । जब विश्वास गर्नेले गर्दैनन् कसैको केही नलाग्ने रहेछ । त्यसैले अस्ति दाेबाटाेमा पुजेकाे ढुङ्गा आज माइला काकाले आँगनकाे डिलमा राखेर बस्ने ठाउँ बनाएछन् । मन बुझाउने बाटो त त्यहि भयाे मलाई । उनी र  त्यो पत्थरमा अब के नै फरक रह्यो र । बश फालिएँ म बगरका ढुङ्गा सरि जब उनले बनाइन दिल पत्थरकाे ।
भव्य सँग बिहे गरिन भन्ने सुनेँ म त गाउँमा थिएँ उनको शहरमा घर । भेटघाट भएन । फाेन गरिन गरिनन् थाहा भएन तर यता भने मैले सिम भाँचेर फालिसकेकाे थिएँ । प्रेमको एक अध्याय यशरि सकियो ।

दुई वर्ष पछि एकदिन उनी शीत भेट भयो गाउँकाे दाेबाटाेमा । माेटि भैछिन् ।हातमा बच्चा च्यापेर आएकि रहिछन् । सायद माइति गाउँकाे झल्को मेट्न आएकि हाेलिन । म उस्तै थिएँ । उनले बाेलाउने मन गरिनन् मैले हिक्मत गरिन । तर संयाेगले त्यस दिन मेरो हातमा गुलाफ थियो तर उनको हात खालि थिएन । मेरो दिल खालि थियो तर उनको सिँउदाे खालि थिएन । र शाेचे यहि नै हाे माया जहाँ बचाकसम झुटा हुन्छन् र मान्छे भ्रममा बाँच्छन् । काेहि खुसिले जिउछन् त काेहि रुँदै ।  जब उसले बाटो काटि तब ताेरिकाे फुल देखेँ वास्तवमा मैले जिन्दगीमा गुलाफ भनेर ताेरिकाे फुल बाेकेकाे थिएँ र त्यहि दिन सत्य देखेँ जब बाटो काटियाे उसको समिपबाट ।

No comments

all right reserve deepin. Powered by Blogger.