Header Ads

गजल

हृदयमा प्रितकाे बारि देखाइ दिएँ ।
समाएर चिउँडाे दारि देखाइ दिएँ ।

जान्छु भन्दै हिँडि फन्किएर उ
डरलाग्दाे काँडा घारि देखाइ दिएँ ।

हेरम न त भनी तिम्रो माया सानू
मेरो पालाे मुटु उतारि देखाइ दिएँ ।

अझै भनी उसले काे छ तिम्रो दिलमा
चट्ट दिलकाे पर्दा झारि देखाइ दिएँ ।

साेधि उसले मेरा लागि केके गर्न सक्छौ
मेरोपालाे छेपाराे मारि देखाइ दिएँ ।

के दिन्छौ त उपहार भनी सानाे स्वरमा
झाेलाबाट झिकेर सारी देखाइ दिएँ ।

No comments

all right reserve deepin. Powered by Blogger.