Header Ads

कविता- प्रिय साम्यवाद

प्रिय साम्यवाद !!
म कसरी सम्बाेधन गराैँ  तिमिलाइ
तिमिलाइ भित्र्याउने सपना बुनेर
हाम्रा हजाुर दाजुभाइ दिदिबहिनी मरे
पटकपटक क्रान्ति भन्दै ।
हरबखत तिम्रो भजन गाउनेहरु
सधैं तिम्रो नाम जप्नेहरु
अचेल महलमा बस्छन्
पजेरो चड्छन्
तापनि तिमी आएनाै
प्रिय साम्यवाद तिमी कहिले आउँछाै ??

हरेक पटक कुर्सी हात पार्ने दाउमा
यहाँ सर्वहाराका नारा घन्किन्छन्
स्वरमा स्वर मिलाइ उफ्रन्छन् सबै
साम्यवाद !!साम्यवाद!! भन्दै
र पनि तिमी आउँदैनाै
हाम्रो बाले पनि तिमिलाइ देख्ने सपना बुने
एक चाेटि भेटेर हात मिलाउने चाह थियो
बिचरा तिमी नआउँदै बिते !
र म पनि त्यहि सपना बुनिरहेछु
प्रिय साम्यवाद तिमी कहिले आँउछाै ??

पटकपटक युद्धले देश बिग्रियाे अरे
विकास अझै पछाडि धकेलियाे भन्छन्
खै म त के बुझाैँ र तिमिलाइ
यहाँ झुपडीमा तिम्रो पुजा हुन्छ
र महलहरुमा तिम्रो आराधना गरिन्छ
तर पनि कसैले तिम्रो दर्शन पाउँदैन
कता छाै तिमी मस्काे,बेजिङ या वासिङ्टन
यहाँ हामी खाेजिरहेछाैँ तिमिलाइ
प्रिय साम्यवाद तिमी कहिले आउँछाै ??

अस्ति वैशाखमा भुकम्प गयो
महल देखि झुपडी सम्मका सडकमा बसे
सबैलाई समान पीडा भयो
गाँस बाँस र कपासकाे आशमा
दिन काटिरहे खुल्ला आकाशमुनि
मैले साेचे थेँ पक्कै अब त आउँछाै
तर आए आए जस्तो गर्याै
र पनि तिमि आएनाै
प्रिय साम्यवाद तिमी कहिले आउँछाै ??

हिजो वर्ग संघर्ष भन्थे
मुक्ति र विकासको कुरा गर्थे
अचेल त सत्ता संघर्ष चल्दै छ
भाइभाइमा कुटाकुट चल्छ
थाेरै कुरा नमिल्दा अंशबण्डा गर्छन्
काेहि छिमेकी गुहार्छन्
काेहि पल्लो गाउँकाे शरण पर्छन्
म तिम्रो प्रतिक्षा गरिरहेछु
प्रिय साम्यवाद तिमी कहिले आउँछाै ??

No comments

all right reserve deepin. Powered by Blogger.