Header Ads

गजल

आँखा सँग आँखा मिलाउने काेहि भेटेँ ।
फाटेकाे याे मुटु सिलाउने काेहि भेटेँ ।

धेरै आए गए जिवन्त नाता जाेडेनन्
आज आफ्नै आभास दिलाउने काेहि भेटेँ ।

धेरै थिए हजुर मराेस् याे भन्ने मान्छे
छट्पटिँदा पानी पिलाउने काेहि भेटेँ ।

काेहि यस्ता हुन्छन् जहाँ राखे नि नबिझाउने
मुटुमा राख्दा मुटु चिलाउने काेहि भेटेँ ।

कत्तिको त सपना अधुरै रहे मेरो सामु
पछिबाट घाँटी किलकिलाउने काेहि भेटेँ ।

No comments

all right reserve deepin. Powered by Blogger.