Header Ads

गजल

आँखाबाटै हुन्छ कुरा उसलाई भेटेपछि ।
भए सपना सबै पूरा उसलाई भेटेपछि ।

बनाएर जिन्दगीको एक हिस्सा उसलाई पनि
थमाइ दिएँ सिंदुर चुरा उसलाई भेटेपछि ।

माेटि माेटि हिस्सि परेकि परि जस्ति उनी
अरुलाइ त देख्छु लुरा उसलाई भेटेपछि ।

राख्ने छु दिल भित्र बनाएर दिलकाे रानी
मनकाे चाह बन्छन् सुरा उसलाई भेटेपछि ।

उसका ती काेमल हात हात मिलाउछु
पर्न दिन्न हातमा छुरा उसलाई भेटेपछि ।

पूरा गर्छु अब छिट्टै याे मनको हर चाहना
राख्दिन म केही अधुरा उसलाई भेटेपछि ।

No comments

all right reserve deepin. Powered by Blogger.