Header Ads

गजल

समाैलि याे दारि सुस्तसुस्त ।
पकाउँदै तरकारी सुस्तसुस्त ।

डुलाैँला हामी शहर बजार तिर
लगाई राताे सारी सुस्तसुस्त ।

जाउँला सँगसँगै दाउरा घाँस गर्न
पन्छाइ काँडा घारि सुस्तसुस्त ।

नभए नि जागिर पिर नगर सानू
खनाैँला नि बारि सुस्तसुस्त ।

लगाउनुपर्छ लुगा पैताला छाेप्ने गरि
बरु हिँड लतारि सुस्तसुस्त ।

जिस्किएर सधैं डूलाैँला वनपाखा
हेर्दै तिम्रो नारि सुस्तसुस्त ।

No comments

all right reserve deepin. Powered by Blogger.