Header Ads

गजल

उसले आँखा मारि मन्दमन्द ।
अघि कपाल झारि मन्दमन्द ।

खै के पाे भनी पत्तो भएन
माया जालमा पारि मन्दमन्द ।

भेट भएको हाम्रो दाबाटाेमा
थियो काँडा घारि मन्दमन्द ।

म पनि  मान्छे हिराे नै थिएँ
पाल्थेँ बाेके दारि मन्दमन्द ।

गरेर उसले सुस्तरि साउति
माया यतै सारी मन्दमन्द ।

No comments

all right reserve deepin. Powered by Blogger.