Header Ads

गजल

हाे यसै गरि जिन्दगी चलाउनु ।
बनेर सधैं परि जिन्दगी चलाउनु ।

हुन्न सहज यहाँ उचाइ मात्रै लिएर
केही पाइला झरि जिन्दगी चलाउनु ।

सपना सजाउनु दिलमा गगन चुम्ने
साेच्दै आफुलाइ चरि जिन्दगी चलाउनु।

कहिले सुन्दरी त कहिले चरित्रवति
हुँदै धेरै थरि जिन्दगी चलाउनु ।

नछाउन पनि सक्छ सधैं खुसि मनमा
देखावटी रंग भरि जिन्दगी चलाउनु ।

No comments

all right reserve deepin. Powered by Blogger.