Header Ads

गजल

मज्जाले दिल खाेलेर बाेल्दै छु अचेल ।
हृदयका बाधक पहाड छिचोल्दै छु अचेल ।

हर दिन हत्या गर्छु मेरो हर सपनाहरु
मरेका ती निर्दाेष सपना पाेल्दै छु अचेल ।

पराइकाे पाउ माेले दासी भैने रैछ हजुर
त्यसैले आफ्नो पाउ माेल्दै छु अचेल ।

हेर्ने चाह गरे सबले हृदयकाे मेरो मान्छे
बाध्यताले मनको ढाेका खाेल्दै छु अचेल ।

मेरो माया थाेरै भयो भनेपछि उसले
तुलाे भित्र उसको याद ताेल्दै छु अचेल ।

No comments

all right reserve deepin. Powered by Blogger.