Header Ads

गजल

चित्त बुझाउ मेरि प्रिया मेरो बन्न नपाए नि ।
टाढै बसि गर्छु माया आफ्नो भन्न नपाए नि ।

जिन्दगीको गाेरेटाेमा पक्कै फेरि भेट हुन्छ
सँगसँगै मेलापात खेत खन्न नपाएनि ।

जति सकेँ त्यति दिएँ तिमिलाइ मैले माया
केही गुनासो नगर है माया टन्न नपाए नि ।

बगाएर पसिना मैले कमाएको घर खर्च
कति आयो भन्दै ज्याला तिम्ले गन्न नपाए नि ।

No comments

all right reserve deepin. Powered by Blogger.