Header Ads

गजल

उ त खत्तम थियो नभने तिमिले ।
अनायासै चाेट दियो नभने तिमिले ।

कान फुक्दै हाम्रो कुरा काट्ने धेरै छन्
गर्छन् दुनियाँ चियाे नभने तिमिले ।

खानुपर्छ खाेले पनि दुखिकाे घरमा सानू
चाहिन्छ मलाई रियो नभने तिमिले ।

कहिलेकाहीँ रुखाे वचन बाेल्न पनि सक्छु
रैछाै ठ्याक्कै बाबियाे नभने तिमिले ।

कहिल्यै पनि मर्दैन अजम्बरि माया हाम्रो
लाग्यो सम्बन्धमा खियाे नभने तिमिले ।

छुटेपनि हाम्रो साथ रहने छ चाेखाे माया
भाँचियाे प्रेमको मियाे नभने तिमिले ।

दिए हुँला कहिले मैले घात अनि पीडा तिमिलाइ
पस्यो दिलमा बनेर सियो नभने तिमिले ।

सुखदुःख जसाे तसाे चलाउनु छ जिन्दगी
मै माथि पीडा खनियाे नभने तिमिले ।

No comments

all right reserve deepin. Powered by Blogger.