गजल
काे सानो काे ठुलो जातको कुरै थिएन ।
धनि अनि गरिब औकातकाे कुरै थिएन ।
दिन्छु भन्थिन् उनी जिवन्त साथ मलाई
बिच बाटोमा छाेड्ने घातकाे कुरै थिएन ।
सजाएकाे थिएँ केवल चाखाे माया हृदयमा
जवानी र याैवनकाे मातकाे कुरै थिएन ।
सजिएको हुन्थ्यो जीवन सधैं भरि बिहानि झैं
उजाड निराश अन्धकार रातको कुरै थिएन ।
सुप्पिएका थियोे हामिले एकअर्कालाई शरीर
छुट्टाछुट्टै मुटु अनि हातको कुरै थिएन ।
No comments