Header Ads

गजल

नखाउ अब चिया कफि भन्छिन्  प्यारिले ।
तिनपाने खाउ थपि थपि भन्छिन् प्यारिले ।

अरे ईश्वर  याे बुद्दुलाइ सतबुद्धि प्रदान गर
भगवान कै नाम जपि भन्छिन् प्यारिले ।

धेरै अल्छी नबन है भन्देकाे छु मेरो काले
हिँड न यार दुनियाँ टपि भन्छिन् प्यारिले ।

हेर हाम्राे माया सानू माैलाउने छ पक्कै पनि
बाल्छु दियो धपधपि भन्छिन् प्यारिले ।

No comments

all right reserve deepin. Powered by Blogger.