Header Ads

गजल

जुन अनि घाम उतैतिर गयो ।
त्यसैले परिणाम उतैतिर गयाे ।

के गुनासो गर्नु खै उसको बारेमा
जता थियो दाम उतैतिर गयो ।

यत्ति सम्म तल गिराे कि उ
गराएर बदनाम उतैतिर गयो ।

सत्य पनि माैन बस्छ पैसाको अघि
अरे हेर्नुस् त लाम उतैतिर गयाे ।

हिमचिम थियो छिमेक तिर उसको
बाेकेर घरको थाम उतैतिर गयो ।

अरु सामु आफू सत्य सावित हुन
जप्दै राम राम उतैतिर गयो ।

अरे के कुरा गर्नु बेरोजगारकाे
जता पायो काम उतैतिर गयो ।

No comments

all right reserve deepin. Powered by Blogger.