Header Ads

प्रधानमन्त्री ज्यु सरकार जाेगाउने कि कार्यकर्ता ???

परदेशकाे बसाइ खासै फुर्सद नै नहुने केही दिन देखि मनमा केही कुरा खेलिरहेको थियो शब्दमा उतार्छु भन्दाभन्दै समय नै मिलेको थिएन । सदा झैं डिउटि सकेर काेठामा पुगेँ । अनि फेसबुक अन गरेँ र समाचार साइटहरु हेर्न थालेँ । सरसर्ति कान्तिपुर, अन्नपूर्ण, नागरिक, अनि राताेपाटि र सेताेपाटि हेरेँ  । धेरै समाचार थिए तर जम्मा दुईवटा मात्रै मनपर्याे । अझ मनैपर्याे पनि के भन्नू यथार्थपरक लाग्यो । हृदय छाेयाे । पीडा भयो ।समाचार शिर्षक थियो एउटा मन्त्रिपरिषद विस्तार अनि अर्को कठ्याङ्ग्रिएर भुकम्प पिडितकाे मृत्यु । पहिलो समाचारले दिमाग हल्लायाे अनि दाेस्राेले मुटु । दिमाग यसकारण हल्लिएकाे थियो कि सरकार जनताको भन्दा धेरै माया किन कुर्सीकाे गरिरहेछ  । अनि मुटु यसकारण हल्लियाेकि याे दशा र पिडा म स्वयंम पनि भाेग्दै आइरहेको थिएँ धेरै पहिले देखि ।

मैले बाल्यकाल थाङ्नाेमा बिताएँ । त्यहि थाङ्नाेले मलाई हुर्कायाे । त्यसैले मलाई न्यानो दियो अनि त्यसैले मलाई माया पनि दियो । मलाई प्याराे सिरक हैन र मैले कपासका सिरककाे न्यानो अनुभव पनि गर्न पाइन त्यो बेलामा । गरिब बस्ति झुपडीकाे बसाइ अनि सिस्नाे र ढिँढाेकाे परिकार याे गाउँमा हुर्कनेहरुकाे जिन्दगी हाे । यसैबाट जिन्दगी चलाइन्छ यसैले जिन्दगी पढाउछ अनि यसैले संघर्ष गर्न मनाेबल पनि दिन्छ । साँच्चिकै तागत छ त्यो सिस्नाे र ढिँढाेमा म सम्झन्छु अहिले । समाचार पढेपछि त्यो सारा गाउँ मेरो मानसपटलमा घुम्याे । हरक्षण हर बखत म गाउँकाे सम्झनामा डुबेँ । मेरो बुबा, आमा अनि भाइ र सारा भुकम्प पिडित एउटै पिडा झेलिरहेका छन् अहिले ।

फाेन गरेँ घरमा मम्मिसित कुरा भयो । मम्मि भन्दै हुनुहुन्थ्यो राति सुत्नै सकिन्न जस्ताको टहरामा शीत झर्छ तप्पतप्प । ओछ्यान मरिगए तात्दैन । खुट्टा नताते सम्म निद्रा आउने हैन । खै सरकारले सिरक किन्ने पैसा दिन्छ रे भन्ने हल्ला छ कहिले पाे दिने हाे । बिचरा गरिबहरु चिसोले नै सकिने भए खै न मनि सकिन्छु कि । बुढिमाउले एकैपटक सबै विस्तार गर्नुभयो । मलाई झन जलन भयो । ईतिहास सम्झेँ । बाउ बाजेले गरेको त्याग र दुख सम्झेँ । अनि सरकारले गरेको तिरस्कार सम्झेँ । वाक्क लाग्यो जिन्दगी देखेर ।

यता म दिनभर चर्को घाममा पसिना चुहाउँछु । अनि सुन्दर भविष्यकाे सपना बुन्दै काेठामा पुग्छु एसिकाे न्यानाे हावामा पल्टिन्छु र फेसबुक खाेल्छु सदासदा उस्तै समाचार पढ्छु कहिल्यै जनताको समस्या सरकारले सुनेन । मलाई जलन हुन्छ हरबखत । यता म न्यानोमा लडिरहेको हुन्छु उता मेरो परिवार अनि सिंगो भुकम्प पिडित लुगलुग काम्दै रात बिताइरहेका हुन्छन् । त्यहि सम्झन्छु र  अनिँदाे मै रात कटाउँछु ।

रातभरि मनमा हजार कुरा खेल्छन् । एकचोटि अतीत सम्झिँए । मेरो बुबा तत्कालीन मालेका कार्यकर्ता हुनुहुन्थ्यो रे । बिचरा बुढा रातभरि नसुतिकन संगठन बनाउँदै हिँड्नु भएछ । घरमा कसैलाई पत्तो थिएन । हजुरबुबाले थाहा पाए खुट्टा भाँचिदिने । सुतेको जस्तो गरेर अरु निदाए पछि उठेर पार्टीको काममा हिँड्ने बिहान ओछ्यानमा हुनैपर्ने । याे सब दुख बुढाले के आजको दिन देख्न र भाेग्नकाे लागि गरेको थिए ? मनले मनसित प्रश्न गर्याे बारबार । गाउँ गाउबाट उठ बस्तिबस्तिबाट उठ भन्दै मेरो मम्मिले राति राति गित गाउनु भएको थियो रे । जनता जगाउनु भएको थियो अरे । हुनत याे सब मैले भाेगेकाे हैन । उहाँहरुकाे बिहे नै भएको थिएन त्यो बेला । पछि मलाई बुबा मम्मिले भनेर थाहा पाएकाे हुँ ।

संयाेगले त्यो बेला जनता जगाउन र गाउँ गाउँबाट उठाउन नेतृत्व गर्ने पार्टी नै अहिले सरकारमा छ ।  तिनै नेता प्रधानमन्त्री र उपप्रधानमन्त्री छन् । अनि परिस्थिति पनि मिलेको छ । जनता अहिले पनि रातभरि नसुतिकन उठिरहेका छन् । मात्रै फरक यत्ति हाे कि उबेलामा सामन्ती सत्ता ढाल्ने सपना बाेकेर रगत ताताएर उठेका थिए अहिले त्यहि सत्तामा तिनै नेता पुग्दा आफ्नो सपना ढलेर रगत चिसिएर निदाउन सकेका छैनन् ।

परिस्थितिले बस्ती उठायाे , गाउँ उठायाे अनि देश नै उठायाे तर उठेन सरकार । यहाँ सबै पिडित छन् । न कांग्रेस, न एमाले, न माओवादी । भुकम्पले सबैलाई पीडा दिलायाे । सरकार कुर्सी जाेगाउँदैछ । नेता संसदमा काेरम पुर्‍याउन मन्त्री पद बाँडफाँड गर्दै छन् । तर अपशोच तिनकै कार्यकर्ता अहिले तड्पिरहेका छन् । चिसोले कठ्याङ्ग्रि रहेका छन् । तर नेतालाई तिनको चाउरिएकाे मुहार  भन्दा लचकदार कुर्सी प्याराे छ । धिक्कार छ आफैंलाई  कार्यकर्ता पुर्पुराे समातेर  कुन दिनमा मैले त्यो पार्टीमा भाेट हालेछु भन्दै ।

मैले बुझ्न नसकेकाे अर्को रहस्य याे छ कि के अब फेरि चुनाव हुँदैन ? के कार्यकर्ता र जनता चाँहिदैन ? याे चिसोले जनता नै मरे भने भाेट कसले हाल्छ नेता ज्यु? लुगलुग कामेकाे मुटुले भाेलि के तपाईंको पार्टीको चुनाव चिन्हमा ड्याम्म छाप ठाेक्न मान्ला र ?  तिनै जनताको भाेटले पाएकाे कुर्सीमा बसेर जनताको ढाडमा बन्चरो हानेर बस्नु याे कुन वाद हाे म बुझ्दिन । वामपन्थीहरुले भनेको  मालेमावाद, साम्यवाद हाे या कांग्रेसले भनेको समाजवाद ,कि त राप्रपाकाे हिन्दुराज्य ।

महंगि कालाेबजारिले आकाश छुँदा पनि नेताकाे मन छुँदैन भने जनताले नेता पालिरहनुपर्छ भन्ने छर ? फाटेकाे कपडाले शरीर ढाकेर नाङ्गो कुर्कुचाले भारि बाेक्दै जिन्दगी चलाउनेहरुले कसरी रात काटिरहेका हाेलान् । हाम्रो नेताले एक मिनेट सहिदको नाममा माैन धारणा गर्छन् तर एकमिनेट मात्रै पनि जनताको बिषयमा शाेच्दैनन् भने अब हामीले नेतालाई के शाेच्ने ? हाे यस्तै यस्तै प्रश्न मनमा उब्जिएको छ । हर समय हजारौं सपनाको बलिदान दिँदा पनि मन शान्त हुँदैन । मानाैँ कि हजारौं जनता मरेर पनि देश शान्त नभए जस्तो । अनि फेरि यहि प्रश्न बारबार मनमा उठिरहेको छ कि गाउँ बस्ति सिङ्गै उठ्दा पनि किन सरकार चिर निद्रामा छ ।  नेता ज्यु कुर्सी जाेगाउने कि कार्यकर्ता ? गम्भीर भएर शाेच्नुहाेस् । जनताले पटकपटक माफि नदिन पनि सक्छन् । त्यो कुर्सीकाे खुट्टा जनताको ढाडमा छ । सत्तामा मन्त्री जति अटाए पनि जनताले ढाड हटाए सजिलै सरकार ढल्छ । त्यसैले प्रधानमन्त्री ज्यु गम्भीर भएर शाेच्नुस् । जनता अनिदाे कति दिन बस्ने ???

No comments

all right reserve deepin. Powered by Blogger.