Header Ads

गजल

आफैं तिर पारेर दाउ मेरी प्रियसि । बनाइदियाै मुटुमा घाउ मेरी प्रियसि । आजबाट पराइकाे बन्दैछ्याै भन्ने सुनेँ लडिएला सुस्तरि जाउ मेरी प्रियसि झुपडीलाई बिर्सिएर महल राेजे पछि नटेक्नु है धुलाेमा पाउ मेरी प्रियसि । खान पर्ने छैन अब सिस्नाे आटाे त्यता मिठाेमिठा परिकार खाउ मेरी प्रियसि । छाेरि बिग्रि भन्दै पिर गर्दै हिँड्थे अरे खुसि हाेलान् तिम्रा बाउ मेरी प्रियसि । खालि सिँउदाे देखाएर नहिँड्नु है अब सिंदुर पाेते चुरा लाउ मेरी प्रियसि ।

No comments

all right reserve deepin. Powered by Blogger.