Header Ads

गजल

छुस्स अघि कपाल झार्छिन् खै किन हाे ।
अलि धेरै नक्कल पार्छिन् खै किन हाे ।

साथिभाइ बिचमा हुँदा नदेखे झैं गर्छिन्
एकान्तमा आँखा मार्छिन् खै किन हाे ।

सपनिमा आउँछिन सधैं हात समाउन
तान्दै तान्दै सागर तार्छिन् खै किन हाे ।

दिन्न भन्छिन् जिन्दगीभर कसैको बन्न
अरु आउने बाटो बार्छिन् खै किन हाे ।

गर्छु म जिस्कँदै केहि सानो घमण्ड सधैं
तिम्रो जित भन्दै हार्छिन् खै किन हाे ।

बनाउँछु महल भन्दै हृदयमा प्रितकाे
सुस्तरि घँडेरि खार्छिन् खै किन हाे ।


No comments

all right reserve deepin. Powered by Blogger.