Header Ads

गजल

तारा भनाैँ कि जुन साेच्दै छु म ।
उपयुक्त हुन्छ कुन साेच्दै छु म ।

गहनाले पुरै उनलाई  सजाउन मन छ
कति जति लाग्छ सुन साेच्दै छु म ।

निस्वार्थ माया गर्दै जिन्दगी कटाउन
बन्नुपर्ने हाेकि घुन साेच्दै छु म  ।

ज्यानै दिन पनि तयार छु म उनलाई
कसाे गरे हुन्छ गुन साेच्दै छु म ।

हामीले शाेचे जस्तै गरि बिहे भयो भने
कहाँ मनाउने हनिमुन साेच्दै छु म ।

No comments

all right reserve deepin. Powered by Blogger.