Header Ads

गजल

कहिले मर्ने भर कसैको नि छैन ।
अजम्बरि अधर कसैको नि छैन ।

डराउँछ मान्छे पलपल मृत्युसँग
भन्छ अझै डर कसैको नि छैन ।

जाने रित्तो न हाे मरेपछि आखिर
सँगै लाने घर कसैको नि छैन ।

किन लड्नु बेर्थै सानाेठूलाे भन्दै
आखिर सानो थर कसैको नि छैन ।

जिउन सक्छौ तिमी आफू खुसि यहाँ
यसै गर्न कर कसैको नि छैन ।

No comments

all right reserve deepin. Powered by Blogger.