Header Ads

गजल

आधा शरीर छेक्ने चाेलिकाे भराेसा छैन ।
यहाँ कुनै नेताको बाेलिकाे भराेसा छैन ।

बेचिन सक्छन् स्वाभिमान सँगै त्यो पनि
हाे छङछङ बग्ने खाेलिकाे भराेसा छैन ।

राष्ट्रियताकाे बाेझ यसले नथेग्न पनि सक्छ
त्यो बेहुलि बाेक्ने डाेलिकाे भराेसा छैन ।

रक्सि भन्दै बाेतलमा पेट्रोल बेच्न सक्छन्
अब सगुन बाेक्ने साेलिकाे भराेसा छैन ।

भुकम्प पिडित भन्दै आफन्त पठाउँछन् यहाँ
स्थल भ्रमण जाने टाेलिकाे भराेसा छैन ।

सदुपयोग गर नेता आफ्नै जडिबुटी बरु
दक्षिणबाट आएको गाेलिकाे भराेसा छैन ।

No comments

all right reserve deepin. Powered by Blogger.