Header Ads

गजल

माया भन्दै पिर पठाइ निष्ठुरीले ।
पत्र सँगै तस्बिर पठाइ निष्ठुरीले ।

फुल दिन्छु भन्दि हृदयमा राख्न
अनायासै झिर पठाइ निष्ठुरीले ।

नियतिले मालाई छल गर्याे भन्दै
अन्तिम पत्र आखिर पठाइ निष्ठुरीले ।

रैनछ भाग्यमा नै तिम्रो हुन भनी
चित्रण गरि तक्दिर पठाइ निष्ठुरीले ।

भेट्दा पनि नबाेलेर आँखा तर्दै हिँडि
नजर बाटै तिर पठाइ निष्ठुरीले ।

No comments

all right reserve deepin. Powered by Blogger.