Header Ads

गजल

Sunday, 29 November 2015

गजल
भन्छे अरे काली बाहुन खत्तम छ ।
सधैं गर्छ गालि बाहुन खत्तम छ ।

एकान्तमा कतै भेट हुनै हुन्न हाम्रो
आँखा मार्छ खालि बाहुन खत्तम छ ।

हेराइ नै कस्तो नशालु छ उसको
बुन्छ प्रेमको जालि बाहुन खत्तम छ ।

कहिलेकाहीँ गाँउछु मनकाे पीडा भुल्न
बजाउँदैन तालि बाहुन खत्तम छ ।

नजर उसको सधैं चिम्से आँखा तिर
बाेक्कि हातमा थाली बाहुन खत्तम छ।

अनायासै बस्याे उसै शीत दिल
मेरो दिलकाे माली बाहुन खत्तम छ ।

दिपेन्द्र परिवर्तित at 05:

No comments

all right reserve deepin. Powered by Blogger.