Header Ads

गजल

पत्र भित्र मनको बाेलि पठाएको छु ।
प्रेम भरि कागजको झाेलि पठाएको छु ।

किन्छाै भने पनि तयार छु बेच्न म प्रित
कति पर्छ मुल्य माेलि पठाएको छु ।

हुन त मागिन्न सपनाहरु साँचाे प्रेममा
दिन्छ्याै दिल भने साेलि पठाएको छु ।

के चाहिन्छ तिमिलाइ लेखी पठाउनु तिमी
मैले पनि मनका कुरा खाेलि पठाएको छु ।

जीवन्त साथ दिन्छु भर्ने छु तिम्रो सिँउदाे
अक्षर सँगै हृदयकाे डाेलि पठाएको छु ।

अरे यार लठ्ठ पार्छन् तिम्रो ती नयनले
मात हटाउन प्रेमको गाेलि पठाएको छु ।

No comments

all right reserve deepin. Powered by Blogger.