Header Ads

गजल

त्यो नयनकाे ईसारा बुझ्नै सकिएन ।
के हाे उसको पारा बुझ्नै सकिएन ।

सफल हुन्छु भन्छु असफलता हात लाग्छ
मै हुँ कि कर्महारा बुझ्नै सकिएन ।

दिल भित्र पनि छुट्टै कानुन हुन्छ अरे
प्रेम विधानको धारा बुझ्नै सकिएन ।

फलानो यस्तो उस्तो भन्दै हल्ला चलाउँछन्
किन लाउछन् यस्तो नारा बुझ्नै सकिएन।

हेर्छु गगन अँध्येरिमा एकान्तमा बसि
किन उदाउँछन् तारा बुझ्नै सकिएन ।

No comments

all right reserve deepin. Powered by Blogger.