Header Ads

काठमाडौ  । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल  पुनर्गठनकाे गरेका छन  । मन्त्रीहरु असफल भएको आराेप लगाउँदै केहिलाइ बिदाई गरिएसँगै पार्टी भित्र र बाहिर आफ्नाहरु जाेगाएर सफल मन्त्रीहरु हटाएको भन्दै सरकारकाे आलोचना भएको छ । उर्जा मन्त्री हुँदा लाेकप्रीय काम गरेर चर्चामा आएका गाेकर्ण विष्टलाई श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रीकाे जिम्मेवारी दिएर वाहवाही कमाएका ओली उनलाई हटाएसँगै आलाेचित बन्न पुगेका छन । वैदेशिक राेजगारिकाे क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेका मन्त्री एकाएक कसरी हटे भन्ने प्रश्न यतिबेला खडा भएको छ । 

राम्रो काम गर्दागर्दै पनि माफियाको जालोमा परेर उनले श्रममन्त्री विष्टलाइ हटाएको आराेप लागेको छ । पछिल्लोसमय मलेसियाको राेजगारि बन्द गराएर ठग मेनपावर व्यवसायीहरुलाई कारबाही गर्ने चेतावनी दिएसँगै उनलाई हटाउने चलखेल सुरु भएको थियो । केहि मेनपावर व्यवसायीले श्रममन्त्री फेर्नेसम्मकाे धम्की दिएसँगै उनी त्यसको सिकार भएको अनुमान पनि गरिएको छ । मेनपावर कम्पनीको धराैटि रकम बढाउने देखि शुन्य लागतमा विभिन्न देशमा श्रमिक पठाउने कामको सुरुवात गरिरहेका मन्त्री विष्टलाई प्रधानमन्त्रीले एकाएक असफल भनेर हटाएसँगै सरकारकाे आलोचना भएको हाे । जापान, इजरायल लगायतका विकसित देशमा समेत दक्ष कामदार सरकारी निकायबाटैै पठाउने कामको सुरुवात गर्न लागि परेका मन्त्री ठग मेनपावर कम्पनीका हाकिमहरुकाे सिकार भएका छन । सरकारि निकायबाटै कामदार पठाउँदा कमिसन नपाउने भएपछि मेनपावर व्यवसायीहरु मन्त्री विष्टसँग रुष्ट थिए । त्यति मात्रै हैन शुन्य लागतमा कामदार नपठाउने मेनपावर कम्पनी माथि कारबाहीको प्रक्रिया अगाडि बढाउने भएपछि व्यवसायीहरु मन्त्री विष्ट विरुद्ध खुलेरै लागेका थिए । 

श्रममन्त्री विष्टले श्रमिकको हितका लागि निरन्तर काम गर्दै आएका थिए । उनले श्रम स्वीकृति लिन भिड लाग्नुपर्ने प्रथाको अन्त्य गर्दै प्रदेशबाटै श्रम स्वीकृति दिने व्यवस्था देखि अनलाइनबाट श्रम स्वीकृति लिन मिल्ने प्रणाली समेत अगाडि सारेका थिए । 

वैदेशिक राेजगारि व्यवस्थित बनाउनका लागि दिनरात खटिएका मन्त्री विष्टले वैदेशिक राेजगारिकाे नाममा हुने ठगि अन्त्य गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसका लागि उनले शून्य लागतको अवधारणा अगाडि सारे र त्यसलाई लागू गराई छाड्ने अडान लिए जसले उनकाेे मन्त्री पद नै लिलाम भयो । 

श्रममन्त्री हुँदा मन्त्री विष्टले सरकार सफल बनाउन निरन्तर लागे । सफल मन्त्रीको रुपमा स्थापित विष्टले प्रधानमन्त्री राेजगार कार्यक्रमकाे सुरुवात गरे , सातै प्रदेशबाट पुन श्रम स्वीकृति दिने व्यवस्था गरे यसका साथै सामाजिक सुरक्षा काेष मार्फत श्रमिकको सुरक्षाको लागि काम गरे यससँगै उनले नेपालमा पहिलोपटक श्रम अडिटकाे समेत व्यवस्था गरे । यसरी निरन्तर सफलता हात पारिरहेकाा मन्त्री माथि माफियाको हमला भयो अन्ततः उनको मन्त्री पद नै गुम्याे । 

यसरी सफल मन्त्रीको सुचिमा रहेका लालबाबु पण्डित देखि उद्योग मन्त्री मातृका यादवसम्मकाे पदमा माफियाको गिद्दे नजर पुग्यो । प्रधानमन्त्री र पार्टीको निर्देशनभन्दा माथि उठेर जनताको काम गर्ने मन्त्री माथि गरिएको कारबाहीको आधार के हाे भन्ने प्रश्न यतिबेला चाैतर्फि रुपमा उठेको छ । त्यतिमात्र हैन सरकारलाई नै आलाेचित बनाउने  गरि काम गरिरहेका केही मन्त्री भने नातावाद र कृपावादकाेे कारण आफ्नो पद जाेगाउन सफल भए । 

No comments

all right reserve deepin. Powered by Blogger.