Header Ads

बलराम उपाध्याय

खोज्दै जाने हो भने पुष्पलालले प्रतिपादन गर्नुभएको हरेक राजनीतिक दस्तावेजमा बलराम दाईको भाव भेटिन्छ, उहाँको योगदान भेटिन्छ’ उहाँले भन्नुभयो, ‘बलराम दाईले कोचिङ पढाएको पैसा समेत पुष्पलाललाई दिनुहुन्थ्यो ।’
लामोसमय सशक्त रुपमा कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुभएका उपाध्यायको २०७५ मा निधन भएको थियो । नेकपा (एमाले)का नेता उपाध्याय पार्टी विभाजनको बेला मालेको सल्लाहकार बन्नुभएको थियो । एकीकरणपछि पुन एमालेमा सक्रिय हुनु भएको थियो । नेता गौतमले एमाले विभाजनपछि बनेको मालेले पनि मुलुकमा युद्धको तयारी गरेको खुलाउनु भयो । ‘अलि क्रान्तिकारी भएर साँढे पार्टी छोडियो’ उहाँले विगत कोट्याउनु भयो , ‘सरकारले तत्कालीन माओवादीलाई हिंसात्मक बाटो छोड्, हतियार बन्द गर् भनिरहेकै बेला हामीले ३ जिल्लामा जनसेना बनाएका थियौ । ड्याङड्याङ ठोक्ने योजना गरिरहेका थियौ। हान्ने तयारी भइरहेकै बेला पार्टी एकीकरण भयो ।’

No comments

all right reserve deepin. Powered by Blogger.