Header Ads

वाह क्या मिठाे भएछ (नेपाली जाेक)

 क्या मिठो भएछ!

सेरे: साहुजी एक किलो जलेबी जोख्नुस् | 

पसले: जोखे अरु के दिउ ? 

सेरे: अरु एक किलो पेडा जोख्नुस् | 

पसले: जोखे भन्नुस अरु के दिउ ? 

सेरे: एक किलो रसबरी पनि जोख्नुस् | 

पसले: खुशी हुदै, यति मात्रै ? 

सेरे: के को यति मात्रै,त्यो जलेबी पेडा रसबरी एउटै भाडोमा हाल्नुस अनि एक किलो दहि आधा किलो चिनी र एक लिटर दुध हालेर मज्जासँग मुछ्नोस् । 

पसलेले पनि खुशी हुदै सेरेले जे जे भन्छ त्यही गर्दै गयो। सबै एकैठाँउमा हालेर मुछिसकेपछि सेरेले हात थाप्दै भन्यो | 

सेरे: अलिकति यहाँ हाल्नुस त चाखौँ पसलेले चाख्नको लागी सेरेको हातमा हाली दियो । 

सेरेले पनि चाखिसकेर जिब्रो फट्कार्दै भन्यो, 

सेरे: वाह क्या मिठो भएछ! खै पाँच रुपियाको देउ त साउजी

No comments

all right reserve deepin. Powered by Blogger.